लियो क्लव अफ गुल्मी सालिमेमा नयाँ नेतृत्व

मुसिकोट ।  लियो क्लव अफ गुल्मी सालिमेको एक कार्यक्रमका  बिच पद हस्तान्तरण गरिएको छ । क्लवको नया अध्यक्षको रुपमा प्रतिमा बस्नेतले सोमबारबाट पदभार ग्रहण गर्नुभएको छ ।

त्यस्तै प्रथम उपाध्यक्षको रुपमा बिबेक काफ्ले, द्वितिय उपाध्यक्ष सुशान्त शाक्य, सचिव आदर्श बौद्दाचार्य, सहसचिव भुवन काफ्ले, कोषाध्यक्ष आकाश शाक्य, सह कोषाध्यक्ष ममता काफ्ले लगायतले नया कार्यकालको लागि पदभार ग्रहण गरेको नवनिर्वाचित अध्यक्ष प्रतिमा बस्नेतले जानकारी दिनुभयो ।

सोही अवसरमा नया कार्यसमितिको कार्यकाल अध्यारोबाट उज्यालोतर्फ लम्कियोस र समग्र परिणाम उज्यालो रहोस भन्ने उदेश्यका साथ दीप प्रज्ज्वलन समेत गरिएको उपाध्यक्ष सुशान्त शाक्यले जानकारी दिनुभयो ।

समितिका निवर्तमान अध्यक्ष भूगोल सापकोले नवनिर्वाचित अध्यक्ष लगायतको नया समितिलाइ पद हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा लायन्स विष्णु कुवरको प्रमुख आतिथ्या रहेको थियो ।  प्रमुख अतिथिको रुप्मा बोल्दै उहाले नवनिर्वाचित समितिलाइ बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर