मुसिकोट नगरपालिकाको एसइइ नतिजामा महेन्द्र आदर्श नमुना माविकी अनुष्का कक्षपती उत्कृष्ट

 गुल्मी ।   बिहिबार प्रकाशित एसइइ नतिजामा मुसिकोट नगरपालिकाभित्र महेन्द्र आदर्श नमुना मावि मुसिकोट ७ वामीटक्सारकी अनुष्का कक्षपती उत्कृष्ट भएकी छन ।

महेन्द्र आदर्श नमुना माविकी अनुष्का कक्षपतिले ३.७७ जिपिए ल्याएर उत्कृष्ट भएकी हुन । विद्यालयमा मन्जित घिमिरेले ३.७६, कृतिका सापकोटाले ३.६५, प्रितिका बुढा र खुसी श्रेष्ठले ३.६१ गरी ५ जनाले ए प्लस ग्रेड प्राप्त गरेका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।

परीक्षामा १०३ जना सहभागी भएकामध्ये ३८ जना उत्तिर्ण भएका छन भने ११ जनाले ए ग्रेड प्राप्त गरेका छन ।

नगरपालिकाभित्र पृथ्वी मावि मुसिकोट ३ वडागाउ मैदानले ३ दशमलव ६४ जिपिए ल्याएर दोश्रो भएको छ भने युनिक चिल्ड्रेन एकाडेमी मुसिकोट ६ कुर्घा भुवाचिदिले ३ दशमलव ५६ जिपिए ल्याएर तेश्रो भएको मुसिकोट नगरपालिका शिक्षा शाखाको तथ्याङ्कमा उल्लेख छ ।

मुसिकोट नगरपालिकाभित्र १९ विद्यालयका ४ सय ६९ जना परीक्षामा सम्मिलित भएकोमा १२६ जनामात्र सफल भएको मुसिकोट नगरपालिका शिक्षा शाखा प्रमुख प्रकाश नेपालीले जानकारी दिनुभयो।

१ सय २६ अर्थात २६ दशमलव ९ प्रतिशत सफल,ग्रेड बृद्दी गर्ने विद्यार्थी संख्या १ सय त्रिचालिस अर्थात ३० दशमलव ५ रहेको छ भने २ सय जना अर्थात ४२ दशमलव ७ प्रतिशत अनुत्तीर्ण संख्या रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर