विदेशी मदिरालाई रोकी स्थानिय मदिरा ब्राण्डीङ्ग गर्नुपर्ने राष्ट्रीय सभा सदस्य विष्णु सापकोटाको भनाइ

गुल्मी ।  राष्ट्रीय सभाको पन्ध्रौ अधिवेशनमा बोल्ने क्रममा राष्ट्रीय सभा सदस्य गुल्मी मुसिकोटकि विष्णु कुमारी सापकोटाले विदेशबाट आयातित मदिरालाई निरुत्साहित गरी स्थानिय रुपमा उत्पादित मदिरालाई ब्राण्डीङ्ग गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

राष्ट्रीय सभामा नवनिर्वाचित सापकोटाले विदेशबाट आयात गर्ने मदिराले राज्यको सम्पत्ति बाहिरिएको र स्थानिय उत्पादनले स्थान नपाएको भन्दै विदेशी मदिरा निरुत्साहित गरि स्थानिय मदिरालाई प्राथमिकतामा राखेर बैधानिक प्रक्रियाबाट उत्पादन र बिक्री वितरण गर्न सकेमा स्वरोजगारको बाटो खुल्ने धारणा व्यक्त गर्नुभएको हो।

पछिल्लो समयमा देशभित्रका धेरै कृषि उपजले बजार नपाएको तर बाहिरी मुलुकबाट आउने कृषि उपजको गुणस्तर समेत जाच नगरी सिधै बजारमा पठाइनुले अखाद्य वस्तुले नेपाली बजारमा समस्या निम्त्याएको उहाले बताउनुभयो।  गुणस्तरहीन सामग्री भित्रिएर नेपाली अर्गानिक उत्पादन मह,दुध ,तरकारी केरा लगायतका तरकारी र फलफूलले बजार नपाएर तमाम युवा तथा व्यवसायीहरु विदेश पलायन हुनुपरेको समस्या उठान गर्नुभएको थियो।

कम्तिमा २ दर्जन स्थानिय उत्पादनलाई बढावा दिने खालका योजना आगामी बजेटमा समावेश गरियोस भन्ने अपेक्षा उहाले व्यक्त गर्नुभएको थियो।  आफ्नो बोल्ने क्रममा उहाले शिक्षा र स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनको लागि अनावश्यक क्षेत्रका कर्मचारी कटौती गरी शिक्षक र डाक्टरको दरबन्दी थप गर्नुपर्ने धारणा पनि उहाले व्यक्त गर्नुभएको थियो। बाहिरबाट आयातित सामाग्रीको बिक्री मुल्य र प्रयोगयोग्य समय अनिवार्य उल्लेख गर्नुपर्ने नियम कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको उहाले बताउनुभयो।

उपभोक्ता समितिबाट हुने काममा बढी भ्रष्टाचार भएको भन्दै त्यसलाई नियम संसोधन गर्नुपर्ने धारणा व्यक्त गर्दै खेर गएको पानीबाट विद्युत उत्पादन र विक्रीको लागि बढावा दिन आग्रह उहाले गर्नुभयो। मादक पदार्थ सेवनमा कडाइ गरि सभ्य समाज निर्माण गर्नुपर्ने उहाको भनाइ छ।

त्यस्तै सुचना र संचारमा गरिने विभेदमा अन्त्य गरिनुपर्ने धारणा उहाले व्यक्त गर्नुभएको थियो। विदेशिएका नेपालीहरुलाई स्वदेश फर्काउने योजना ल्याउन,नेपाली वेशभूषा र नेपालीपनको  बृध्दि गरी संसारकै अनुपम सस्कृतिको प्रचारप्रसार गरेर विदेशी पर्यटक भित्र्याउने खालका योजना ल्याई समृद्द राष्ट्र निर्माणको सपना पुरा गर्न उहाले सम्बाददा सबैमा आग्रह गर्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय