विपन्न परिवारलाई गोसवि मञ्च जापानको आर्थिक सहयोग

बागलुङ । गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान शाखाले गलकोट नगरपालिका ३ हटिया बजार निवासी मनोज गन्धर्वलाई नगद रु ६१ हजार सहयोग गरेको छ ।

संस्थाले आज गलकोट नगरपालिका ३ हटिया स्थित वडा कार्यालयमा एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च गलकोटका अध्यक्ष ध
झहर बहादुर खत्रीले जानकारी दिनुभयो ।

स्वास्थ्य समस्या रहेका गन्धर्वलाई उपचारमा सहयोग होस भन्ने उद्येश्यले उक्त रकम सहयोग गरिएको गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान शाखाका अध्यक्ष डम्मर बहादुर खत्रीले बताउनु भयो ।

संस्थाले समाजमा रहेका विपन्न असाहय परिवारलाई समय समयमा आर्थिक सहयोग गर्दै आईरहेको छ ।

वडा भित्र परोपकारी कार्य सँगै मानविय सेवामा महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै गोलकोत संस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान शाखालाई गलकोट नगरपालिका वडा नं ३ को वडा कार्यालयको तर्फबाट वडा अध्यक्ष फम बहादुर खत्रीले धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा समाजसेवी सन्त बहादुर खत्री, कृष्ण खत्रीको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय