ओलीले देश भड्खालोमा हाले, संसद पुनस्स्थापना हुनुपर्छ- केसी

बुटवल(राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीले गरेको असंवैधानिक कदमको सर्बोच्च अदालतले निकास दिनुपर्ने बताएका छन् ।

उनले अब संसद पुनस्स्थापनाको विकल्प नभएको बताए । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले नेकपाभित्रको गुटको विवाद समाधान गर्न नसकेर ओलीले संसदनै भंग गरेर कु गरेको बताए ।

उनले भने(ुयस्तो काम पनि गर्ने हो,आफ्नो पार्टीको लफडा देखाएर जनमतको अपमान गर्ने ओलीलाइ अधिकार छैन,अदालतको निर्णयले अब संसद पुनस् स्थापना गर्नुपर्छ । देश कोरोनाका कारया तहस नहस भएको बेला निर्वाचनको नाममा राज्यको अर्बौ रकम सक्ने,दलालहरुलाइ अवसर दिने,अवसरबादीलाइ अगाडी ल्याउने काम हुन्छ,यसो हूदा झन् राजनीति खतम हुन्छ।ु

उनले संसद विगटनको बिरुद्धमा सर्बोच्चले आदेश दिनुपर्ने भन्दै उनले मुलुकलाइ दर्घटनाबाट जोगाउनुको बिकल्प नभएको बताए । ुअब सबै प्रजातन्त्रबादी शक्तिहरु एक हुनुपर्छ,गतल कामको बिरोधमा पत्रकार, नागरिक समाज तथा सरोकारवाला सबैले पनि भुमिका खेल्नूपर्ने बेला आएको छु(उनले भने ।

संघीयता मनैदेखि मान्न प्रधानमन्त्री ओली कहिले पनि तयार नभएको भन्दै नेता केसीले संघीयता खारेज गर्नुको बिकल्प नभएको समेत तर्क गरे ।

नेपालमा कम्युनिष्ट पार्टी नै नरहेको भन्दै उनले कम्युनिष्टको नाममा खोल ओढ्नेहरुको बिगबिगी रहेको समेत टीप्पणी गरे ।
उनले स्थानीय तहलाइ बलियो बनाउने र प्रदेश संरचना तत्काल खारेज गर्नुपर्ने धारणा राखे ।

क्लवका अध्यक्ष रामकूमार क्षेत्रीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको संचालन क्लवका सचिव कपिल ज्ञवालीले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय