गुल्मीमा एक माबि तोडफोड

मनोज कार्की, गुल्मी

गुल्मीको मालिका गाउँपालिका वडा नं ७ घमिरको देबिस्थान माबि अज्ञात समूहले तोडफोड गरेको छ । गएराती अज्ञात समूहद्धारा निर्माणधिन बिद्यालयको भवन तोडफोड गरिएको बिद्यालय प्रशासनले जनाएको छ । तोडफोड हुदाँ निर्माणधिन बिद्यालयका झ्याल र भौतिक संरचनामा पुर्णरुपले क्षती भएको छ ।

राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई शिक्षाको बार्षिक कार्यक्रम अन्तरर्गत निर्माणधिन ४ कोठे बिद्यालय भवनको दुईवटा कोठा, ४ वटा भm्याल र भौतिक संरचना तोडफोड गरिएको देबिस्थान माध्यमिक बिद्यालयका प्रधानध्यापक खिम बहादुर बुढाथोकिले जानाकारी दिए ।गत असारदेखि सुरु गरिएको निर्माणधिन भवनको हाल सम्म ३५ प्रतिशत काम सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वय इकाई शिक्षा इकाई प्रमुख पिताम्बर पन्थीले जानाकारी दिए ।

घटना स्थलमा मर्भुङ्ग प्रहरी चौकि पुगि यस बिषयमा आबश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानाकारी दिए । यस अघिका घटनाहरुका दोषि समयमा पत्ता नलाग्दा चोरीका घटनाहरु पछिल्लो समय गुल्मीमा श्रृङखलाबद्धरुपमा भईरहेको स्थानिय बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय