प्रथम मुसिकोट मेयर रनिङ कप हुने

गुल्मी । मुसिकोट नगर खेलुकद विकास समितिको आयोजनामा प्रथम मुसिकोट मेयर रनिङ कप प्रतियोगीता आयोजना हुने भएको छ । यही कार्तिक २२, २३ र २४ गते मेयर रनिङ कप अन्तर्गत खुल्ला अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीता हुने भएको हो ।

मुसिकोट नगर खेलकुद विकास समितिको बुधबार बसेको बैठकले उक्त प्रतियोगीता गर्ने निणर्य सहित अन्य महत्पूर्ण निणर्य गरेको अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नगर खेलुकद विकास समितिले बार्षिक कार्ययोजना समेत निर्माण गरेको छ । मुसिकोट नगरपालिकाको खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनसंगै समग्र मुसिकोटको पहिचानका निमिक्त विभिन्न निणर्यहरु गरिएको खत्रीले बताउनुभयो ।

त्यस्तै सोही बैठकले बार्षिक रुपमा आयोजना हुँदै आएको नगरस्तरीय राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता मसिंर २०-२२ गते गर्ने निणर्य गरेको छ । नगर खेलकुद विकास समितिले मुसिकोट नगरपालिका भित्र रहेका विभिन्न विधाका खेलाडीहरुलाई छनौट गरी नगरस्तरीय खेलकुद समुह निर्माण गर्ने भएको छ ।

पहिलो चरणमा भलिबल खेलाडीहरु छनौट गर्नका लागि सोम दर्लामीको संयोजकत्वमा ५ सदस्यीय छनौट समिति समेत निर्माण गरिएको छ । जसको सदस्यहरुमा नविन छन्त्याल, राजेश रायमाझी, मदन पचभैया र विरबल गुरुङ रहनुभएको छ ।

तत्काल जिल्ला भलिबल संघले अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीता आयोजना गरेको र नगर कपका लागि मध्यनजर गरेर भलिबल खेलाडी छनौट गर्न लागिएको अध्यक्ष खत्रीले बताउनुभयो । खेलाडी छनौट पश्चात कार्तिक १७-१९ सम्म तम्घासमा आयोजना हुने उक्त अन्तरपालिका स्तरीय भलिबल प्रतियोगीतामा समेत सहभागीता जनाउने निणर्य बैठकले गरेको छ ।

त्यस्तै सोही बैठकले माघमा खेल प्रशिक्षण कार्यक्रम समेत आयोजना गर्ने लगायतका अन्य महत्वपूर्ण निणर्य गरेको बताईएको छ ।

बैठकमा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेल, उपप्रमुख गंगा श्रेष्ठ, प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, योजना शाखा प्रमुख प्रकाश घिमिरे लगायत नगर खेलकुद विकास समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय