तुफान परिकल्पना युबा क्लवको आयोजनामा तिज गीत प्रतियोगिता सम्पन्न, अस्मिता वि.क बनिन् उत्कृष्ट

मुसिकोट । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा श्री तुफान परिकल्पना युबा क्लब मुसिकोट नगरपालिका मुसिकोट दुईको आयोजनामा खुल्ला तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितमा १४ समुहको सहभागीता रहेको थियो । जसमध्ये आपचौर युवा क्लव मुसिकोट ५ प्रथम, देविस्थान युवा क्लव इश्मा गाउपालिका ४ द्वितिय, युनिक स्टार युवा क्लव इश्मा गाउँपालिका तृतीय त्यस्तै श्री पृथ्वी माध्यमिक बिद्ययालयकी अस्मिता विक उत्कृष्ट बन्न सफल भएकि छन् । कार्यक्रममा खुम खत्री, मोहन बस्नेत र गुणाखर पाण्डेले निर्णायकको भुमिका निर्बाह गर्नु भएको थियो ।

मुसिकोट नगरपालिका नगर प्रमुख जीवन खरेल, वडा अध्यक्ष हरिहर सापकोटा, रबिन्द्र के सी, नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रकाश काफ्ले पुर्ब वडा अध्यक्ष नारायण सापकोटा जनप्रतिनिधि, पार्टी प्रमुख सुरक्षाकर्मी, कार्यक्रमका सहयोगि, समाजसेवी कलाकार लगायतको उपस्थिति रहेको थियो ।

क्लवका अध्यक्ष महेन्द्र घिमिरेको अध्यक्षता रहेको कार्यक्रम मुसिकोट नगरपालिका वडा नम्बर २ देउरालीमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा क्लवका सदस्य राम प्रसाद आचार्यले स्वागत मन्तब्य राख्नु भएको थियो सञ्चालन सचिव रोशन सिङ ठकुरीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय