मुसिकोट । नेपाल ईङ्गलिस टिचर एसोसिएसन नेल्टा गुल्मी शाखाको आयोजनामा मुसिकोटमा अन्तर बिद्यालय स्तरिय वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार श्री महेन्द्र आदर्श नमुना माबिमा टेक्स्टबुक सुडनट बि रिप्लेस बाई टेक्नोलोजि भन्ने शिर्षकमा सम्पन्न वक्तृत्वकला प्रतियोगितामा श्री महेन्द्र आदर्श नमुना माविकी अनुष्का कक्षापती प्रथम, नेपाल राष्ट्रिय मा.बि. मुसिकोट पाँचका कृष्ण खराल द्वितिय र श्री महेन्द्र आदर्श नमुना माबिका मन्जित घिमिरे तृत्तिय भएका छन् ।
![](https://nabakhabar.com/wp-content/uploads/2024/02/Naba-Khabar-1-1-1-1-1-1-2-196x300.png)
उक्त कार्यक्रममा मुसिकोट नगरपालिकाका नगर प्रमुख जिबलाल खरेल जिवनको प्रमुख आतिथ्यता रहेको थियो । खरेलले कार्यक्रममा बोल्दै सबै बिद्यार्थीहरुलाई सफलताको शुभकामना दिदै बोल्ने बानीको विकासले आगामी दिनमा जुनसुकै क्षेत्रमा अघि बढ्न सहयोग पुर्याउने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा महेन्द्र आदर्श नमुना माबिका प्रधानाध्यापक देबिराम शर्मा, सहायक प्रधानाध्यापक धनपति खराल, सहायक प्रधानाध्यापक अन्नतलाल भण्डारी, ग्लोबाल आई एम ई वामी शाखाका प्रबन्धक बिष्ण कुवँर, शाईन रेसुङ्गा डेभलपमेन्ट बैंक वामीका शाखा प्रबन्धक सजना शाक्य, बिभिन्न बिद्यालयका शिक्षक, प्रत्रकार लगायतको उपस्थिति रहेको थियो ।
महेन्द्र आदर्श नमुना माबिका सहायक प्रधानाध्यापक धनाति खरालको स्वागत मन्तब्य सङ्गै सुरु भएको उक्त कार्यक्रममा नेल्टा गुल्मी शाखाका आजिवन सदस्य श्री पृथ्बी माबिका शिक्षक बोम बहादुर छन्तेलको अध्यक्षता र नेल्टा गुल्मी शाखाका आजिवन सदस्य महेन्द्र आदर्श नमुना माबिकि शिक्षक समिक्षा आचार्यको सञ्चालन रहेको थियो ।
नेल्टा गुल्मी शाखाको आयोजनामा सम्पन्न उक्त वक्तृत्वकला प्रतियोगिता कार्यक्रमको सौजन्य मुसिकोट नगरपालिकाले गरेको नेल्टा गुल्मी शाखाका आजिवन सदस्य महेन्द्र आदर्श नमुना माविकी शिक्षक समीक्षा आचार्यले जानकारी दिनुभयो ।