संवेदनशिल अवस्थामा गरिएको सहयोगलाइ बङ्ग्याएर काङ्ग्रेसले भ्रम सिर्जना गरेको एमालेको आरोप

मुसिकोट । नेपाली कांग्रेस मुसिकोट नगर कार्य समितिका सभापतिले मिति २०८०/०४/२४ गते राखेको फेसबुक स्टाटसबाट विपदमा परेका वडाबासिहरुलाई दिईएको राहत सहयोग लाई ने.क.पा.एमालेको नाम जोडेर राजनीतिकरण गर्न खोजेकोमा गम्भिर ध्यानाकर्षण भएको कुरा उल्लेख गर्दै नेकपा एमाले मुसिकोटकोले आईतबार प्रेस विज्ञप्ती सार्बजनिक गरेको छ ।

मुसिकोट नगरपालिकामा निर्वाचन परिणामबाट ने.क.पा. एमालेले पाँच वडा अध्यक्ष र नेपाली कांग्रेसले चार वडा अध्यक्ष जिम्मा पाएको विद्यमान अवस्थामा स्वयम वडा अध्यक्षको सिफारिसबाट राहत रकम वितरण गरिएको यथार्थलाई समेत भ्रामक तरिकाले बङ्ग्याउदै स्वयं आफैले गरेको सिफारिस विरुद्ध आफैले स्टाटस लेखेको कुरामा मुसिकोट एमाले गंभीर रुपमा लिएको कुरा विज्ञप्तीमा उल्लेख छ ।

विगतमा पनि ने.क.पा. एमालेका श्रद्धेय नेता स्व. क.मनमोहन अधिकारीको सरकारले सुरुवात गरेको वृद्ध भत्ता/ सामाजिक सुरक्षा भत्तालाइ समेत राज्यको ढुकुटी कनिका छरे जस्तो गरियो भनेर नेपाली कांग्रेसले विरोध गरेको स्मरण गाराउदै मुसिकोट नगरका जनतालाइ स्थापित विधि, प्रक्रिया र मापदण्ड अनुसार -आगलागि हुँदा, बाढीपहिरो जादा, दुर्घनावाट या परदेशमा मृत्यु हुँदा, गरिबीले औषधि उपचारमा समस्या हुँदा. आवास घरबास असुरक्षित हुँदा, खानेपानी सिंचाइ अवरुद्ध हुँदा – विपद जस्तो संवेदनशिल अवस्थामा गरिएको राहत सहयोगलाइ बङ्ग्याएर भ्रम सिर्जना गर्ने कामले जनताको कल्याण र सामाजिक सुरक्षाका कार्यहरु प्रति बारम्बार नकारात्मक भावना र प्रवृत्ति रहेको पुष्टि भएको र एमालेको तर्फवाट यस्तो जनविरोधी भ्रामक प्रचारप्रसारको घोर भर्त्सना भएको कुरा विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय