मुसिकोट सात वामीमा एक पुरुष मृत फेला

मुसिकोट । गुल्मी जिल्लाको मुसिकोट नगरपालिका ७  वामी बसेरिमा एक पुरुष मृत फेला परेका छन् ।

वामी प्रहरि चौकिले दिएको जानकारी अनुसार उनि आईतबार बिहान मुसिकोट नगरपालिका वडा नं ७ बसेरिमा वामी काँडेवास सडक खण्ड भन्दा करिव ५० मिटर तल फेला परेका हुन् ।

स्थानियहरुले अपरिचित पुरुषको शब  फेला परेको जानकारी दिएपछि वामी प्रहरी चौकिको टोलि  घटना स्थलमा पुगेको बताइएको छ ।

मृत भेटिएका पुरुषको पहिचान नखुलेको र घटनाको थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलि आउँदै गरेको वामी प्रहरी चौकिले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय