प्रेस युनियन गुल्मीद्वारा जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण

गुल्मी । नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीले जिल्लाका विभिन्न स्थानमा वृक्षरोपण गरेको छ ।

देशको प्रथम जननिर्वाचित प्रधानमन्त्री एवम् महामानव विश्वेश्वरप्रसाद कोइराला (बीपी कोइराला) को ४१ औं स्मृति दिवसका अवसर पारेर प्रेस युनियन गुल्मीले जिल्लाको रेसुङ्गा नगरपालिका ,मुसिकोट नगरपालिका, गुल्मी दरबार गाउँपालिका र छत्रकोट गाउँपालिकामा वृक्षरोपण गरिएको प्रेस युनियन गुल्मीका अध्यक्ष सुमन महताराले जानकारी दिए ।

साउन ५ गते बसेको कार्यसमितिको पहिलो बैठकको निणर्य अनुसार कार्यक्रम गरिएको अध्यक्ष महताराले जानकारी दिए ।

महामानव विपिले पुर्याएको योगदानको स्मरण सहित पर्यावरणीय सन्तुलन कायम गर्न र कलम मात्रै चलाउने पत्रकारहरु पनि सामाजिक र कल्याणकारी कार्यमा सक्रिय छन् भन्ने सन्देश दिनको लागि उक्त कार्यक्रम आयोजना गरिएको सचीव सागर भण्डारीले जानकारी दिए ।

प्रेस युनियन गुल्मीले चार पालिकामा झन्डै एकसय बिरुवा रोपिएको सचिव भण्डारीले बताए ।

https://www.facebook.com/permalink.php?story_fbid=105362832643327&id=100095088309445&ref=embed_post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय