छोराको जन्मदिनको अवसरमा महाशर्मा काफ्लेद्वारा विद्यालयमा शैक्षिक सामाग्री वितरण

मुसिकोट । मुसिकोट नगरपालिका वडा नं ७ काफलटोला निवासी महाशर्मा काफ्ले र भगवति काफ्लेले आफ्नो छोरा आयोग काफ्लेको जन्मदिनको अवसरमा छोराले अध्ययन गर्ने विद्यालयमा खाजा र शौक्षिक सामग्री वितरण गर्नुभएको छ ।

मुसिकोट वडा नं ७ काफलटोलामा जन्म भई हाल जापनलाई कर्मभूमि बनाउनुभएका काफ्ले दम्पतीले आफ्नो छोरा आयोग काफ्लेले पाचौ वसन्त पार गरि छैटौ वसन्तमा प्रवेस गरेको अवासरमा सोमबार परेको जन्मदिनका दिन छोराले अध्ययन गर्ने मुसिकोट सातमा रहेको भगवती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

काफ्ले दम्पतिले जन्मदिनको दिन अन्य फजुल खर्च गर्नुभन्दा विद्यालयमा खाजा र शौक्षिक सामग्री वितरण गरी जन्मदिन मनाउने निर्णय गरि विद्यालमा शौक्षिक सामग्रि वितरण गरि साना साना नानीबाबुहरुको मुहारमा खुसि छाउने काम गरेको विद्यालयका प्रधानाध्यापक तेजनारायण सापकोटाले धन्यवादसङ्गै जन्मदिनको शुभकामना व्यक्त गर्दै अन्य युवाहरुलाई पनि यस्तै सामाजिक कार्यमा लाग्न अनुरोध गर्नुभयो ।

काफ्ले दम्पतिले यस अघि पनि विभिन्न सामाजिक संस्था तथा सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय