मुसिकोट युवा क्लवद्वारा प्रजनन स्वास्थ्य शिक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

मुसिकोट  । गुल्मीको मुसिकोट नगरपालिकामा भर्खर मात्र गठन भएको मुसिकोट युवा क्लवले प्रजनन स्वास्थ शिक्षा सचेतना कार्यकम सम्पन्न गरेको छ ।

शुक्रबार रुद्रावति बहुमुखि क्याम्पसमा भएको सचेतना कार्यक्रमको सहजिकरण गर्दै मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डिबि जिसीले अझैसम्म पनि २० वर्षभन्दा कम उमेरका कोशोरकिशोरीहरुले बच्चा जन्माउने गरेको तथ्याङ्क मुसिकोट नगरपालिकाभित्र पनि रहेको र यसलाइ रोक्नुपर्ने भन्दै क्याम्पसमा अध्ययनरत किशोरकिशोरीहरुलाइ प्रशिक्षित गर्नुभएको थियो ।

बिहिबार मात्र मुसिकोट नगरपालिका वडा नम्बर ३ बडागाउकि एक १७ वर्षिय किशोरीले बच्चा जन्माएको र अहिले आमा र बच्चाको अवस्था भने सामान्य रहेको उहाले स्मरण गराउनुभएको थियो ।

कतिपय अवस्थामा बाध्यात्मक अवस्थामा पनि गर्भ रहने अवस्था रहेकोले स्वास्थ्य सस्थाको नियमित सम्पर्कमा रहन पनि उहाले आग्रह गर्नुभएको थियो ।

नेपालको सम्बिधानले दिएको अधिकार अनुसार महिलाले १२ हप्तासम्मको गर्भपतन गर्न पाउने अधिकार रहेको उहाले उल्लेख गर्नुभएको थियो तर अधिकार पाएकै भरमा यसलाइ गलत प्रयोग नगर्न पनि उहाले सुझाउनुभएको थियो ।

यससङ्गसङ्गै शाखा प्रमुख जिसीले प्रजनन स्वास्थ्य सङ्ग सम्बन्धित विविध विषयमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा क्याम्पसका उपस्थित सम्पुर्ण विद्यार्थीहरु उपस्थित भएका थिए ।

दुइ चरणमा भएको सचेतना कार्यक्रममा दोश्रो चरणमा वामी प्रहरीका ट्राफिक प्रहरी सुनिल थापाले प्रशिक्षण दिदै ट्राफिक चिन्ह, ट्राफिक लाइट, सडक पार गर्दा ध्यान दिनुपर्ने कुराहरु, सवारी चालक बन्न आवश्यक पर्ने कागजात र योग्यता, सड्क अनुशासन, यात्रुसङगको व्यवहार, सवारी प्रयोग लगायतका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा क्लवका वरिष्ठ उपाध्यक्ष खिमलाल पाण्डे अनुप, उपाध्यक्ष सपना रायमाझि क्याम्पसका प्राध्यापक हेमन्त शर्मा लगायतको उपस्थिति रहेको थियो ।

क्लवका महासचिव विष्णुप्रसाद आचार्यको सन्चालन रहेको कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष वशन्त अधिकारीको रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय