मुसिकोटका ९ वटै वडाका युवाहरु सगंठित, नगरस्तरीय युवा क्लवको गठन
गुल्मी । मुसिकोट नगरपालिका भित्रका युवाहरुले नगरस्तरीय युवा क्लवको गठन गरेका छन् । नगरपालिकाका ९ वटै वडाका युवाहरु सम्मिलित क्लवले १५ सदस्यीय तदर्थ समिति गठन गरी प्रशासनिक कामहरु सम्पन्न गरिएको बताईएको छ ।

गठित तदर्थ समितिको अध्यक्षमा बसन्त अधिकारी, वरिष्ठ उपाध्यक्षमा खेमलाल पाण्डे अनुप,महिला उपाध्यक्षमा सपना रायमाझी, उपाध्यक्षमा दिनेश सिंह ठकुरी, महासचिव बिष्णु प्रसाद आचार्य चकित सचिवमा सुनिल न्यौपाने,सहसचिवमा अनुप लाखे कोषाध्यक्षमा साबित्रा विष्ट घिमिरे, सहकोषाध्यक्षमा बिष्णु बहादुर सारु लगायत रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा कमल विश्वकर्मा, दिल बहादुर केसी, लिलामणी भट्टराई, सागर रिजाल, आशिष केसी, झरना ढकाल, प्रकाश घिमिरे, झरना ढकाल, गोविन्द विश्वकर्मा, सम्झना गिरी लगायत रहनुभएको छ ।

क्लवले बुधवार पत्रकार सम्मेलन गरी औपचारिक रुपमा समितिको घोषणा सहित क्लवको विषयमा जानकारी गराएको छ । वडागत रुपमा धेरै क्लव सघं संस्था भएपनि नगरस्तरीय कल्वको आवश्यकता महसुस गरी ९ वटै वडाहरुलाई समेटेर मुसिकोट युवा क्लवको गठन गरिएको महासचिव विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो ।

क्लवका अध्यक्ष बसन्त अधिकारीले नगरपालिका भित्र रहेका विभिन्न पेशा व्यवसायमा आवद्ध युवाहरुलाई सगंठित बनाउँदै औपचारिक ढगंबाट व्यवस्थित रुपमा अन्य क्लव सघंसंस्थालाई समेत समाहित गरेर अगाडी बढ्ने योजना रहेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जाने युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउने, उद्यमशीलता सिर्जना गर्ने तथा गरिब विपन्न र दिनदुखी तथा समाजम पिछडिएको वर्गको उत्थानमा क्लवले काम गर्ने जानकारी समेत दिनुभयो । त्यसका लागि स्थानीय सरकारसगं समन्वय गरी स्थानीय तहमा सञ्चालित रोजगारका कार्यक्रमहरुलाई युवा उद्यमशीलतासगं जोडेर रोजगारी सिर्जना गर्ने प्रमुख लक्ष्य रहेको बताउनुभयो ।

क्लवको छिट्टै नै प्रथम अधिवेशन गरी पूणर् समिति गठन गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय