विष्णु प्रसाद आचार्य(चकित) मुसिकोट गुल्मी
गुल्मीको सत्यवती गाउँपालिकाको सत्यवती बहुमुखी क्याम्पसमा मंगलबारका सम्पुर्ण कार्यक्रमहरु बन्द हुने भएका छन ।

क्याम्पसमा अध्यापनरत प्रध्यापन सहायक तारानाथ ज्ञवालीलाइ पितृशोक परेकोले उक्त दिन क्याम्पसमा हुने सम्पुर्ण किसीमका कार्यक्रमहरु बन्द रहने सुचना प्रकाशन गर्दै सत्यवती बहुमुखी क्याम्पसले जनाएको छ । ज्ञवालीका पिता होमनाथ उपाध्यायको पुस ६ गते भएको निधनप्रति सिङगो क्याम्पस परिवार दुखी भएको भन्दै शोकको समयमा दिवङ्गत आत्माप्रति चीरशान्तीको कामना गर्दै शोकमा रहेको परिवारलाइ धैर्य धारण गर्ने शक्ती भगवानले प्रदान गरुन भन्दै मंगलबारका क्याम्पसका सम्पुर्ण कार्यक्रम बन्द रहने निर्णय गरेको त्यहाँबाट प्रकाश भट्टराइले नबखबरलाइ जानकारी दिनुभयो ।