सिवाइसी नेपाल लघुवित्त वित्तिय सस्था वामीद्वारा गोष्ठी तथा वित्तिय साक्षारता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

मुसिकोट । सिवाइसी नेपाल लघुवित्त वित्तिय सस्था लिमिटेड वामी शाखाद्वारा आयोजित केन्द्र प्रमुख उप प्रमुख गोष्ठी तथा वित्तिय साक्षारता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

आइतबार मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी बसपार्कस्थित दरबार होटलमा भएको अन्तरक्रिया कार्यक्रममा पछिल्लो समयमा लघुवित्तसंग सम्बन्धित विभिन्न किसिमका आर्थिक तथा सामाजिक

समस्याहरुको विभिन्न संचार माध्यम,सामाजिक संजाल तथा बजारमा प्रचार,टिका टिप्पणी भएको र सत्य तथ्य नबुझी लघुवित्त तथा वित्तिय सस्थाहरुप्रती नकारात्मक धारणा विकशित हुदै गएकोले यसको खास अर्थ र महत्व बुझ्न बुझाउन र सस्थासंग सम्बन्धित समस्या पहिचान रसमाधानको लागि कार्यक्रम आयोजना गरिएको खर्बाङ्ग शाखा प्रमुख सुवास नेपालीले जानकारी दिनुभयो।

कार्यक्रममा मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले प्रमुख अतिथिको रुपमा बोल्दै सानो दायराबाट सुरु गरेको सिवाइसी नेपाल लघुवित्त वित्तिय सस्थाले आज महिला दिदिबहिनीहरुलाइ आत्मनिर्भर र सफल उद्दमी बन्नको लागि गरेको योगदान अत्यन्तै सराहनीय भएको भन्दै

नया कार्यक्रमको अपेक्षा सहित मुसिकोट नगरपालिका वित्तिय क्षेत्रसंग सहकार्य गरेर उद्दमशिलता र उत्पादनका काममा अगाडि बढ्न चाहेको बताउनुभएको थियो ।

विशिष्ठ अतिथिको रुपमा बोल्दै बडिगाड गाउपालिका अध्यक्ष गण्डकि थापा अधिकारीले सिवाइसीले कुनै राजनितिक दल, सस्था वा आफन्तले नसिकाएको नेतृत्व लिन सक्ने क्षमता सिकाएको दाबि गर्दै सफल उद्दमी, व्यवसायी र आत्मनिर्भर बन्न सिकाएकोले सस्थालाइ आभार व्यक्त गर्नुभएको थियो ।

सस्थाले सुरुवाती चरणमा स्थानीयस्तरमा आर्थिक रुपमा काम गर्नको लागि स्थानीयको जनविश्वास बटुल्न निकै समस्या भएको बताउदै अहिले अधिकांश महिला दिदीबहिनीहरु यसैको साहाराले आर्थिक समृद्दी प्राप्त गर्न सफल भएको दाबी गर्नुभयो।

कार्यक्रममा सस्थाका प्रबन्ध निर्देशक डोलेन्द्रप्रसाद शर्माले रिनलाइ उत्पादनसङ्ग जोड्न नसक्दा आर्थिक ह्रास आएको, लघुवित्तहरुले गरिबिलाइ घटाउन नसकेको र अबको मुद्दा त्यसतर्फ केन्दृत हुनुपर्ने बताउदै लघुवित्तका विविध गतिविधिहरुको बारेमा अवगत गराउनुभएको थियो ।

लघुवित्तको उद्देश्य अनुसारको लगानी उद्दमशिलातामा नहुनुमा पनि समस्याको कारण रहेको उहाको भनाइ थियो।

त्यस्तै मुसिकोट नगरपालिका उपप्रमुख गङ्गा श्रेश्ठले बोल्दै आफ्नो परिचय दिन नसक्ने महिलाहरुलाइ आर्थिक समृद्दिको बाटोमा डोहोराउदै सफलतातर्फ लम्काउने सिवाइसी नेपाल लघुवित्त जीवनको एक साहारा बनेको भन्दै धन्यवाद व्यक्त गर्नुभएको थियो।

सोही क्रममा नेपाल राष्ट्र बैन्कका लघुवित्त सस्था सुपरिवेक्षण विभागका उपनिर्देशक रेशम बल्छौडि,नेकपा एमालेका मुसिकोटका अध्यक्ष प्रकाश काफ्ले,गुल्मी मुसिकोट उद्द्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष मोहनलाल श्रेष्ठ,

मुसिकोट ८ वामीका वडाध्यक्ष रमेश विक, नेकपा माओवादी केन्द्रका मुसिकोटका अध्यक्ष युवराज खरेल,शाखा प्रमुखको नेतृत्व गर्दै चित्रकला सिंह,महिला उद्दमीहरुको प्रतिनिधित्व गर्दै खीमा कुमारी खड्का,गोल्डेन सदस्यको रुपमा सरसरती बौद्दाचार्यले आफ्ना भनाइहरु राख्नुभएको थियो ।

सोही अवसरमा सस्थाबाट रीन लगेको र स्वयम सदस्य धनकली कुमालको निधन भएकोले १ लाख मिनाहा सहित किरिया खर्च १५ हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा सम्पुर्ण केन्द्रको मुल्यान्कन गर्दै उत्कृष्ट समुह तथा उद्दमीहरुलाइ विभिन्न विधामा सम्मानित गरिएको थियो त्यस्तै सस्थाका सदस्य गत स्थानिय निर्वाचनमा निर्वाचित भएकोमा सम्मान गरिएको थियो ।

सस्थाका लुम्बिनी प्रदेश सम्योजक सुमन जिसीको संचालन , वामी शाखा प्रमुख खड्क बहादुर थापाको स्वागत मन्तव्य , धनमाया रानाको स्वागत गीत, सस्थाका प्रबन्ध निर्देशक डोलेन्द्रप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

अन्तरकृयात्मक कार्यक्रममा विभिन्न सदस्यहरुले मनमा लागेका गुनासाहरु प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय