एमालेका देवराज घिमिरे सभामुख निर्वाचित

काठमाडौँ।एमालेका सांसद देवराज घिमिरे सभामुखमा निर्वाचित हुनुभएको छ । आज प्रतिनिधिसभा को बैठकमा भएको निर्वाचनमा उहाँले १६७ मत प्राप्त गर्दै प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई पराजित गरेरसभामुख निर्वाचित हुनुभको हो ।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङ्देन र रवि लामिछाने रहनुभएको थियो भने न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला हुनुहुन्थ्यो ।

प्रतिनिधिसभामा मत विभाजन प्रक्रियामार्फत् भएको चुनावमा घिमिरेको पक्षमा १६७ मत खस्दा विपक्षमा १०० मत खसेको छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बिहीबार २६८ सांसद उपस्थित थिए ।

पहिलो प्रस्तावमै घिमिरेको पक्षमा सभामुख निर्वाचित हुन आवश्यक न्यूनतम १ सय ३८ मत कटेकाले उनलाई जेष्ठ्य सदस्य पशुपति शमशेर राणाले निर्वाचित भएको घोगर्नुभएको हो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय