काठमाडौं । छिमेक लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस २७ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.२६ प्रतिशत नगद लाभांश गरि कुल २५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३२ करोड ४१ लाख रहेको छ ।

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश सेयरधनीमा बितरण हुने छ ।