को बन्यो कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको नेता ?

काठमाडौं । लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलको नेतामा डिल्ली चौधरी सर्वसम्मत चयन हुनुभएको छ ।

दाङ क्षेत्र नम्बर ३ (१) बाट दोस्रोपटक प्रदेश सभामा निर्वाचित चौधरी हाल पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्री हुनुहुन्छ । संस्थापन पक्षका चौधरी संविधानसभाका सदस्य समेत हुनुहुन्छ ।

नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभा संसदीय दलको नेताका लागि आधा दर्जन आकांक्षी थिए । संस्थापन पक्षबाट डिल्ली चौधरी, राजु खनाल, अब्दुल रज्जाक र जन्मजय तिमिल्सिनाले संसदीय दलको नेतामा दाबी गरेका थिए । संस्थापनइतरबाट वीरबहादुर राना र निमा गिरी पनि आकांक्षी थिए ।

लुम्बिनी प्रदेश सभामा कूल ८७ सिटमध्ये प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी कांग्रेसका २७ जना सांसद छन् । बहुमत सदस्य संस्थापन पक्षका छन् । लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । उसका २९ सांसद छन् ।

यसअघि नेकपा एमालेले पनि हिजो नै लीला गिरीलाई दलको नेता चुनेको थियो । आज सोमबार प्रदेश सभाको पहिलो बैठक बस्दै छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय