मुसिकोट बचत तथा ऋण शहकारी सस्थाको तेश्रो साधारण सभा सम्पन्न

दिलु केसी मुसिकोट गुल्मी – मुसिकोट बचत तथा ऋण शहकारी सस्थाको तेश्रो साधारण सभा मुसिकोट ३ ठुलापोखरा गुल्मीमा शनिबार सम्पन्न भएको छ ।

साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विनोद कुवरले स्थानिय स्तरमा शहकारी स्थापना गरेर छोटो समय र सानो लगानीबाट मुसिकोट नगरपालिकाभित्र स्थापित शहकारी बन्न सफल भएकोमा खुसि व्यक्त गर्दै शहकारीको मर्म र उद्धेश्य अनुसार काम गर्न अनुरोध समेत गर्नुभएको थियो।

पछिल्लो समय शहकारीहरु आफ्नो उद्धेश्य बिर्सेर कतिपय लगानीकर्ता र सेवाग्राहिहरुलाइ दुख दिइरहेका खबर आइरहेको पाइएकोले मुसिकोट शहकारीले आम नागरिकको मन जित्ने र अझै प्रगतिपथमा लम्कने कुरामा आफु आसावादि रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति गुल्मीकि सदस्य साबित्रा भण्डारी, ग्लोबल आइएमइ बैन्क वामी शाखाका प्रबन्धक विष्णु कुवर, लेकाली बचत तथा ऋण शहकारी सस्थाका प्रमुख कल्पना बस्नेत, शेयर सदस्य बालकृष्ण रिजाल, साना किसान शहकारीका लेखा सम्योजक महेन्द्र घिमिरे लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

शहकारीले सस्थाका ज्येष्ठ शेयर सदस्य षडानन्द भट्टराइलाइ सम्मान गरेको थियो ।

सस्थाले असल ऋण शेयर सदस्य भुवन जिसी र सिता सिङ ठकुरीलाइ सम्मान गरेको थियो, सस्थाले सर्वोत्कृष्ट बचत गर्ने शेयर सदस्य तथा सर्वोत्कृष्ट शेयर सदस्यलाइ पनि सम्मान गरेको लेखा सम्योजक बसन्त अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमकै बिचमा शहकारीले सास्कृतिक कार्यक्रम रेकर्ड डान्ससङ्गै शेयर सदस्यहरुलाइ प्रमाणपत्र पनि हस्तान्तरण गरेको थियो ।

सहकारीका अध्यक्ष कर्णध्वज जिसीले कार्यक्रमको अध्यक्षतासङ्गै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा सम्योजक वसन्त अधिकारीले कार्यक्रम सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय