कहिले होला कांग्रेस संसदीय दलको निर्वाचन ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति सोमबार(आज) तय गरिने तयारी छ । सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्नेछ ।

दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ । समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ । समिति सदस्यमा रसाइलीसहित पुष्पा भुसाल पनि हुनुहुन्छ ।

संसदीय दलको निर्वाचनका लागि हिजो तीन सदस्यीय निर्वाचन समिति बनाइएको थियो । संसदीय दलको निर्वाचन एक/दुई दिनमै गर्ने तयारी छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएको अवसरमा जलपान कार्यक्रमको आयोजना गर्दै छ।

दिउँसो साढे १ बजे आयोजित कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित अतिविशिष्ट पदाधिकारी, मन्त्री, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, सुरक्षा अङ्गका प्रमुख, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि लगायतलाई आमन्त्रण गरिएको छ।
आयोगले आइतबार समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय