यी हुन् माओवादीका १४ समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फको १४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ। महासचिव देव गुरुङले निर्वाचन आयोगमा पुगेर सांसदको नाम बुझाउनुभएको हो ।

१४ मध्ये १२ महिला र २ पुरुषको नाम बुझाएको छ। माओवादीले प्रत्यक्षमा १८ सीट जितेको छ।

सूचीः

आदिवासी महिला

दुर्गा राई

मिना तामाङ

उर्मिला माझी पौडेल

छिरिङ ल्यामु लामा तामाङ

खस आर्य

हितराज पाण्डे (पुरुष)

महिला

 

ज्ञानु बस्नेत सुवेदी

विमला सुवेदी

नारायणी शर्मा

रुपासोसी चौधरी (थारु)

दलित

रणेन्द्र बराली

सुशीला श्रीपाली ठकुरी

मधेशी

मिना यादव

उमरावती देवी यादव

पिछडिएको क्षेत्र

कल्पना मियाँ

यो पनि पढ्नुहोस् – काठमाडौं । एमालेले पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै केन्द्रीय स्तरका नेताहरूलाई कारबाही गरेको छ । आज बसेको सचिवालय बैठकले दुई पूर्व स्थायी कमिटी सदस्यसहित १४ जनालाई कारबाही गरेको हो ।

प्रवक्ता पृथ्वी सुब्बा गुरुङका अनुसार स्थायी समिति सदस्यबाट घनश्याम भुसाल र प्रभु साह निष्कासित हुनुभएको छ । दुवै नेताले चुनावअघि नै एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाही पनि निष्कासनमा पर्नुभएको छ ।

यसै गरी केन्द्रीय सदस्यहरूमा रौतहटका उपेन्द्र शाह र कुन्दन कुसवाह, सिराहाका रामप्रित राम तथा सर्लाहीका बद्री न्यौपाने र रिता साह निष्कासित हुनुभएको छ । यसैगरी, दाङकी गंगा चौधरी र टेकबहादुर बलम्पाखीलाई पनि निष्कासन गरिएको छ ।

यस्तै पार्टीका सल्लाहकार ताप्लेजुङका वाङ्दे शेर्पा, कञ्चनपुरका खेम सुबेदी र भक्तबहादुर अधिकारी तथा कैलालीका लक्ष्मी साह पनि बर्खास्त हुनुभएको छ ।

पार्टीको समानुपातिक सूचीमा भएर पार्टी विरोधी गतिविधिमा रहेको भन्दै जैतुन खातुनलाई पनि कारबाही गरिएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय