अभिनेत्री तथा समाजसेवी एलिजाले गरिन यस्तो घोषणा

अभिनेत्री तथा समाजसेवी एलिजा गौतमले देशका ७७ जिल्लामा प्रत्येक जिल्लामा दश/दश वटा घर बनाउने घोषणा गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नायिका गौतमले प्रत्येक जिल्लामा दुखी असहायको लागि दश÷दबवटा घर बनाउने घोषणा गरेको जानकारी दिएकी हुन् ।

वरिष्ठ पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले ‘अनुराग’ फिल्मबाट आफ्नो फिल्मी करियर सुरू गरेकी हुन् । पछिल्लो समयमा उनी अभिनित म्युजिक भिडियोहरु एक पछि अर्को गरेर हिट भएका छन् । दर्शक तथा श्रोताले अत्यधिक रुचाएका छन् । ‘एलिजा फाउण्डेशन’मार्फत गौतमले दुर्गम र विकटका गरिब तथा असहायहरुको निम्ती घर निर्माण गर्ने भएकी हुन् ।

उनले लेखेकी छिन, ‘एलिजा फाउण्डेशनले छिट्टै धादिङसहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश/दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु ।’ उनले पहिलो चरणको काम धादिङबाट सुरु हुने जानकारी पनि गराएकी छिन् ।

उनले हातमा हात र काँधमा काँध मिलाएर सामाजिक कार्यको लागि सहकार्य गर्न सबैमा आग्रह गरेकी छिन् । एलिजाले सिन्धुपाल्चोकका बाढी पहिरोका पिडितहरुलाई पनि लत्ता कपडा र खाद्यान्य सहयोग गरेकी थिइन् । उनले आर्थिक अभावले समस्यामा परेका बालबालिकालाई पनि सहयोग गर्दै आएकी छिन् । लकडाउनमा खुला मञ्चमा काम बन्द भएर खान नपाएको मजदुरहरुलाई खाना खुवाउन पनि सहयोग गरेकी थिइन् ।

अभिनेत्री गौतमले लकडाउन अवधिभर मात्रै १५ भन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् । उनले लकडाउन आफ्नो लागि अवसर बनेर आएको बताउदै आएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय