बजारलाई शान्त र सफा बनाउन लियो क्लव अफ गुल्मी सालिमेको अभियान

गुल्मी । लियो क्लव अफ गुल्मी सालिमे मुसिकोट ७ वामीटक्सार गुल्मीले वामीटक्सार बजार क्षेत्रलाई शान्त र सफा बनाउने अभियान सुरु गरेको छ ।

२ महिना अगाडी मात्रै गठन गरिएको क्लवले पहिलो कार्यक्रमको रुपमा बजार क्षेत्रका विभिन्न ठाउँमा ट्राफिक सचेतना लेखिएका बोर्ड र फोहोर राख्ने डस्बिन राखि यो अभियानको शुभारम्भ गरेको हो ।

क्लवका अध्यक्ष पुजन सापकोटाका अनुसार तिहारमा खेलिएको दैउसी भैलोबाट सकंलित रकमबाट वामीटक्सार बजारका १० ठाउँमा होर्डिङ बोर्ड र ८ ठाउँमा फोहोर राख्ने डस्बिन राखिएको छ ।

बजार क्षेत्रमा तीब्र गतिमा सवारी साधन चलाउँदा हुन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर ट्राफिक सचेतना सम्बन्धी होर्डिङ बोर्ड राखिएको क्लवका जनसम्पर्क अधिकृत विवेक काफ्लेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बजार क्षेत्रमा जथाभावी फोहोर फाल्दा पर्यावरण विग्रने र बजार समेत दुर्गन्धित बन्दै जान थालेपछि कुहिने र नकुहिने फोहोर सकंलन गर्न छुट्टा छुट्टै डस्बिन राखिएको छ ।

साथै आजै बजारका विभिन्न ठाउँ सरसफाई समेत गरिएको छ । लियो क्लवका पदाधिकारीहरुले बजार सरसफाई गरेका हुन् । क्लवले यस्ता अभियान निरन्तर रुपमा सञ्चालन गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय