गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पाण्डेको प्रशंसा ।

सुमन महतारा गुल्मी

जिल्लाको गुल्मीदरबार गाउँपालिकाद्वारा आ।व। २०७७र०७८ को प्रथम चौमासिक समिक्षा गोष्ठी गरिएको छ । गाउँपालिकाको कार्यालयको सभाहलमा चालू आर्थिक वर्ष २०७७र०७८ को प्रथम चौमासिक समिक्षा गोष्ठी गरिएको हो । चौमासिक समिक्षा गोष्ठीमा आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्मको अवधिमा गाउँपालिकामा भएगरेका विभिन्न कार्यहरूको बारेमा छ्लफल गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए । उनले यस आर्थिक वर्ष सुरु भएदेखि अहिलेसम्मको अवधिमा सम्पादन गरेका मुख्य कार्यहरूको बारेमा जानकारी गराएका थिए ।

समिक्षा गोष्ठी गाउँपालिका अध्यक्ष अशोककुमार थापाले प्रमुख प्रशासकीय अधिकृतले गरेका कार्यहरुमा सन्तुष्टि रहेको बताएका छन् । यस आर्थिक बर्षको प्रथम चौमासिक समीक्षा कार्यक्रममा थापाले प्रशासकीय अधिृत लक्ष्मण पाण्डेले गरेका कार्यहरु र ब्यबस्थापनको बारेमा खुलेरै प्रशंसा गरेका हुन् । उनले कार्यालयको ब्यबस्थापन , खर्चमा मितब्ययिता र सुशासन कायम गर्नमा खेलेको भूमिकाको बारेमा प्रशंसा गरेका हुन् ।
जनप्रतिनिधिहरुमा पनि परिपक्वता हुँदै र नियम कानूनका बारेमा पनि जानकार हुँदै गएकाले सहज हुँदै गएको उनले बताए ।

समीक्षा कार्यक्रममा पालिकाका शाखा प्रमुखहरुले प्रथम चौमासिकको समयमा भएका कार्यहरु र प्रगतिहरु प्रस्तुत गरेका थिए । समीक्षा कार्यक्रममा राजनीतिक दलहरुका प्रमुख तथा प्रतिनिधिहरुले पनि पछिल्लो समयमा प्रशासकीय अधिकृत पाण्डेले गरेका कार्यहरुको बारेमा प्रशंसा गरेका छन् । कार्यक्रममा जनप्रतिनिधिहरु , गाउँपालिकाका कर्मचारीहरु र पत्रकारहरुको सहभागिता रहेको थियो ।

गोष्ठीमा अधिकृत छैठौ लेखा भविष्य अर्याल, अधिकृत छैठौै प्रशासन टंकप्रसाद पन्थी, अधिकृत छैठौ प्रशासन नवराज घिमिरे, अधिकृत छैठौ स्वास्थ्य नारायणप्रसाद अर्याल, अधिकृत छैठौ शिक्षा सुन्दर चालिसे, रोजगार संयोजक निर्मला पाण्डे, वडा सचिव जग बहादुर सर्तुङ्गी, पूर्णिमा घिमिरे र घनश्याम चुदालीले आफ्नो शाखाबाट सम्पादन गरेका कार्यहरूको बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय