फेरि बढ्यो सुनको मुल्य , कतिमा हुँदै छ कारोवार ?

काठमाडौं । सुनको मूल्य साताको अन्तिम दिन आज १ हजार ३ सय रुपैयाँले बढेको छ ।

तोलामा सुन ९६ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको छ । हिजो तोलाको ९५ हजार ४ सय रुपैयाँ थियो । केही दिनयता सुनको मूल्य लगातार बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा नै मूल्य बढेकाले नेपाली बजारमा पनि महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेज रत्न शाक्यले बताउनुभयो ।

उहाँका अनुसार सुनको मूल्य अझै बढ्ने सङ्केत छ । अमेरिकामा अहिले भइहेको मध्यावधि चुनावको असर सुनमा परेको शाक्यले बताउनुभयो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय