मुसिकोटमा नेपाल विद्यार्थी संघ परिचालन समिति गठन

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिकामा नगरस्तरीय नेपाल विद्यार्थी संघ परिचालन समिति गठन भएको छ । शनिबार वामीटक्सारमा बसेको ने वि संघ सम्वद्द विद्यार्थीहरुको भेलाले परिचालन समिति गठन गरेको हो ।

नगरभित्रका ९ वटै वडामा वडा संयोजक र नगरमा एकजना नगर संयोजक गरि १० सदस्यिय ने वि संघ नगर परिचालन समिति गठन गरिएको ने बि संघले बताएको छ । नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य सुरज आचार्यको संयोजकत्वमा उक्त समिति गठन गरिएको नगर सह सचिव सुरज कार्कीले जानकारी दिनुभयो ।

वडानम्बर १ पौदीअमराइमा महादेव खरेल, वडानम्बर २ मुसिकोटमा सागर खत्री, वडानम्बर ३ बडागाउमा शिशिर भण्डारी, वडानम्बर ४ बडागाउमा सुरज कार्की, वडानम्बर ५ आपचौरमा अमृत खरेल, वडानम्बर ६ कुर्घामा नविन शर्मा, वडानम्बर ७ वामीटक्सारमा सलोन शाक्य, वडानम्बर ८ वामीमा गम्भिर खत्री, सुदिप रायमाझि र वडानम्बर ९ अर्लाङ्गकोटमा विश्वनाथ खरेल रहेका छन ।

लगत्तै आउदै गरेको निर्वाचनमा प्रचारप्रसार साथै नगरस्तरीय ने वि संघलाइ निर्वाचनपछि पनि मजबुत बनाउने उद्देश्यले समिति गठन गरिएको ने वि सङ्घले जनाएको छ । प्रत्येक वडा संयोजकले वडा समिति बनाएर काम गर्नेछन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय