गुल्मीमा बिदाको दिन वडा कार्यालयबाट जस्ता पाता बितरण  !

गुल्मी,। गुल्मीमा बिदाको दिन आज शनिबार एक वडा कार्यालयबाट एमाले नेता तथा जनप्रतिनिधिहरुले जस्तापाता बाँडेको छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ को वडा कार्यालयबाट बिदाको दिन एमालेले जस्तापाता बाँडेपछि काँग्रेसका नेता तथा कार्यकर्ताहरुले नियन्त्रणमा लिएका छन् ।

सोही वडाबाट बराङ टोलका केही घरपरिवारलाई भोटको लोभमा जस्तापाता बाँडेपछि आफूहरुले बरामद गरेको काँग्रेस वडा सभापति गुप्त बहादुर कार्कीले जानकारी दिए । उनका अनुसार एमालेले नियतबस बिदाका दिन भोट किन्नको लागि जस्तापाता बाँडेको हो ।

स्थानीय तरुण दलका सभापति दिनेश सिंह ठकुरीले यसरी धमाधम एमालेको स्थानीय सरकारले गत केही दिन यता जस्तापाता लगायतका जिन्सी सामाग्री बितरण गरेर भोट किनिरहेको आरोप लगाए । उनले यो जस्तापाता पनि भोट किन्नको लागि बिदाको दिन वडाकार्यालबाट बितरण गर्न लागेकोले आफूहरुले बरामद गरेको बताएका छन् ।

यससम्बन्धमा सोही वडाका वडाध्यक्ष तथा एमाले नेता जुक्त बहादुर छन्तेलसँग सम्पर्क राख्दा उनले जस्तापाता बितरण गरेको स्वीकार गरे । उनले भोट किन्न नभई पहिले नाम टिपाएकाहरुलाई जस्तापाता शुक्रबार बितरण गरिएको बताए । स्थानीय घरपरिवारले जस्तापाता आज लगेकोले काँग्रेसले राजनीतिसँग जोडेर बरामद गरेको उनको भनाई छ ।

त्यस्तै मुसिकोट नगरपालिका वडा नम्बर ३ मा एमालेका कार्यकर्ता सुनिल न्यौपानेको अगुवाईमा आचारसंहितको धज्जी उडाउँदै योजना नै नपरेका मोटरबाटो तथा खेलमैदानमा डोजर चलाउँदै आएका छन् । स्थानीय न्यौपानेले कसले के गर्छ जस्ता चुनौती दिँदै डोजर चलाउने गरेका छन् ।

यता गुल्मीका निर्वाचन आचारसंहिता अनुगन समितिका संयोजक छबिन्द्र बेल्वासेले जस्तापाता प्रहरी नियन्त्रणमा लिइसकेको र डोजरको बिषयमा उजूरी आएकोले आचारसंहिता उल्लघंन गर्नेलाई कानुनी कार्वाही हुने बताए । उनले अनेत्र पनि आचारसंहिताको उल्लघंनको उजूरी परेको पनि बताएका छन् ।- गुल्मी अपडेट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय