शंकर भन्छन् : धेरै प्रुफ सहितका कारणहरू छन्, साइन गर्ने दिन सबै कुरा खोल्छु

‘जेरी’सँग डिभोर्स गर्न लागेका शंकर भन्छन् : धेरै आन्तरिक कारण छन्, साइन गर्ने दिन सबै कुरा खोल्छु : काठमाडौँ,दोहोरी कलाकार शंकर क्षेत्रीले श्रीमती बबिता बानियाँ (जेरी) सँग सम्बन्ध विच्छेद गर्ने आफ्नो चाहना नभएको बताएका छन्।

उनले आफ्ना नराम्रा कुरा सुधार्छु भन्ने सहमति गरे आफू अझै पनि डिभोर्स फाइल क्यान्सिल गर्न तयार रहेको शंकरको भनाइ छ। युट्युब च्यानल ‘के छ नेपाल’का लागि गायिका अनिता चलाउनेलाई अन्तर्वार्ता दिँदै शंकरले अगाडि भनेका छन्,

‘तर, उहाँले त्यो (सुधार) गर्नुहुन्न। उहाँ कस्तो जञ्जालमा फस्नुभएको छ, मलाई थाहा छ।’ सञ्चारमाध्यममा जेरीले मिल्न चाहन्छु भनेर बनावटी कुरा गरेको आरोप शंकरले लगाएका छन्। शंकरले अन्तर्वार्तामा भनेका छन्, ‘मिल्न चाहन्छु भनेर बनावटी रूपमा मिडियामा बोल्नुभयो, त्यसमा मलाई खासै विश्वास लाग्दैन।’

उनले आफूले उनीसँग डिभोर्स गर्नपर्नाका धेरै आन्तरिक कारण भएको बताएका छन्। डिभोर्स पेपरमा साइन गर्ने दिन ती सबै कुरा बताउने शंकरको भनाइ छ।

‘…धेरै आन्तरिक कारण छन्’, शंकरले भनेका छन्, ‘डिभोर्समा साइन भएको दिन मात्रै ती कुराहरू खोल्नेछु। प्रुफसहितका कारणहरू बताउनेछु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय