सन्दीपका वकिलले अदालतमा बुझाए पीडित नाबालिग नभएको प्रमाण : अब के हुन्छ ?

काठमाडौँ : बला त्का र मुद्दामा प्रहरी हिरासमा रहेका क्रिकेटर सन्दीप लामिछानेका वकिलहरुले पीडित ना बालिग नभएको प्रमाण अदालतमा पेश गरेका छन्।

जिल्ला अदालत काठमाडौंमा दुई दिनदेखि जारी थुनछेकको बहसका क्रममा बुधबार सन्दीपका वकिलहरुले पीडित ना बालिग नरहेको प्रमाण पेश गरेका हुन्। पीडित भनिएकी र अभियोग लागेका सन्दीप दुवैजनाको बयान इजलासमा सकिएपछि उक्त प्रमाण पेश गरिएको हो। उक्त मुद्दामा दुवै पक्षका वकिलहरुले बहस गर्दैछन्।

सन्दीपको तर्फबाट बहसमा सहभागी वकिलहरुले पीडित नाबा लिग नभएको प्रमाणस्वरुप जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि न्यायाधीशसमक्ष पेश गरेका हुन्। सन्दीपको पक्षबाट बसह गरिरहेका कानुन व्यवसायी मुरारी सापकोटाले उक्त प्रमाण अदालतमा पेश गरेका हुन्।

अदालतमा पेश गरिएको उक्त प्रमाणपत्रमा पीडित भनिएकी किशोरीको जन्म २०६१ असार १८ गते भएको उल्लेख छ। यसअनुसार पीडित १८ वर्ष ३ महिना पूरा भइसकेको देखिएको छ।

बहस चलिरहे पनि बधुबारै टुंगिन सक्ने अवस्था छैन। थुनछेक बहस बुधबार नसकिने भएपछि यसको आदेश आउन अझै कुर्नुपर्ने भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय