कस्तो रहला आजको मौसम ?

काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहँदा बुधवार(आज) देशभरको मौसम सामान्य बदलीदेखि सफा रहनेछ । आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश– १, वाग्मती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश–१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ ।

यो पनि पढ्नुहोस् – मुसिकोट । वामीटक्सार गुल्मी – साथिमार्ट अन्तरगत संचालनमा रहेको वामीटक्सार शाखाबाट सोलन शाक्यले यसपालीको ग्राहक उपहार जित्नुभएको छ। साथीमार्ट वामीटक्सार शाखाले संचालन गरेको हप्ताभरि सबैभन्दा बढी रकमको कारोबार गर्ने एक जनाले पाउने उपहार योजना अन्तरगत उक्त उपहार शाक्यले जित्नुभएको संचालक सुमन कक्षपतिले जानकारी दिनुभयो ।

साथीमार्टको देशभर रहेको सुविधाभन्दा यो सुबिधा अतिरिक्त रहेको पनि कक्षपतिले बताउनुभयो । यो ग्राहक उपहार वामीटक्सार शाखामा मात्र लागु हुने, यहि असोज १ गतेदेखि संचालन भएको र सुरु भएको १५ हप्तासम्म रहने छ भने देशभर संचालनमा रहेको क्यासब्याक पुस १६ गतेसम्म रहनेछ ।

शाक्यले यो हप्ता सबैभन्दा बढी कारोबार गर्नुभएकोले, उहाले तत्काल ५ प्रतिशत छुट पाउनुभयो,छुट पाएसकेपछी पनि खल्तीबाट रकम तिर्दा १० प्रतिशत क्यासब्याक पनि पाउनुभयो साथमा आकर्षक उपहार पाउदै उपहार बिजेता पनि बन्नुभयो यसरी अन्य ठाउमा भन्दा साथीमार्टबाट कारोबार गर्दा आफुलाई धेरै खुसी मिलेको र अरुलाई मार्टबाटै कारोबार गरि प्रशस्त लाभ लिन पनि उहाले आग्रह गर्नुभएको छ ।

हाल देशभर संचालनमा आएको साथिमार्ट अफर अन्तरगत किनबेच गर्दा ४० प्रतिशत सम्म छुट र खल्तीएप्सबाट सामान किनेको रकम तिर्दा जम्मा रकमको १० प्रतिशत तुरुन्तै प्राप्त हुने साथै यो सेवा धेरै ग्राहकले उपयोग गरेको र खुसी व्यक्त गरेको साथिमार्टले जनाएको छ ।

वामीटक्सारमा साथीमार्ट गत बैशाखदेखि संचालनमा आएको र नया किसिमको ब्यापार शैली आजको आवश्यकता रहेको कक्षपतिले बताउनुभयो । – यस अघिका उपहार सजना शाक्य, ललिता तिवारी, गुन्ज बहादुर राना, सन्जय श्रेष्ठ र पुस्तकलाल श्रेष्ठले जित्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय