अभिनेत्री जीया केसीसँग बिहे गर्दै अभिनेता भुवन केसी !

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी विवादास्पद छवि बोकेका कलाकार हुन् । अहिलेसम्म उनको दुई घरबार बिग्रिसकेको छ । पहिलो श्रीमती विजया केसी छुट्टिएको नै २५ वर्ष बितिसकेको छ ।

जेठी श्रीमती अलग बस्न थालेपछि उनले सुस्मितालाई बिहे गरेका थिए । अहिले सुस्मित पनि सँगै छैनन् । सुस्मिताबाट भुवनको एक छोरा अनमोल केसी छन् । भुवन र अनमोल सँगै बस्छन् । सुस्मितासँग डिभोर्स भएको केही समयपछि नै भुवन अभिनेत्री जिला केसीसँग रिलेसनसीपमा बसेका थिए ।

दुवै सँगै बसेको पनि १० वर्ष बितिसकेको छ । अब भने भुवनले जिया केसीलाई औपचारिक रूपमा तेस्रो श्रीमती बनाउने भएका छन् । तिहारको बिदा पारेर भुवन केसी अमेरिका पुगेका छन् । उनी जिया केसीलाई लिएर बिदा मनाउन अमेरिका पुगेका हुन् । भुवनको पहिलो श्रीमती विजया र उनबाट जन्मेका सन्तान काजल केसी र विवेक केसी अमेरिकामै बस्छन् ।

विकास बोर्डका अध्यक्ष भएदेखि भुवनलाई कार्यालयको काममा जियाले नै सघाउँदै आएकी थिइन् । ६५ वर्षीय भुवन प्रशासनिक कामकाजमा त्यति दख्खल राख्दैनन् । त्यही भएर उनले बोर्डको आफ्नो कार्यकक्षमै जिया केसीका लागि छुट्टै कुर्सीको व्यवस्था गर्दै आएका छन् । भुवनसँग भेटघाटका लागि आउने टोलीसँग जिया पनि सँगै देखिने गर्छिन् ।

भुवनले हालै दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ । र, चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।’

अभिनेता भुवन केसीले अभिनेत्री जीया केसीसँग अब बिहे गर्ने बताएका छन् । दुई विवाह टुंगिएपछि भुवन ७ / ८ वर्षदेखि अभिनेत्री जीया केसीसँग ‘लिभिङ रिलेसनसिप’मा बसेका उनले अब भने जीयासँगको सम्बन्धलाई निर्णायक मोड दिने भन्दै छिट्टटै बिहे गर्ने बताएका छन् ।

उनी यतिबेला जीयाको साथमा अमेरिकामा रहेकाले एक अन्तर्वार्तामा यो कुरा बताएका हुन् । जीयाको नाम नै नलिइ अब छिट्टै बिह गर्ने उनले बताएका हुन् । उनले भने ‘हामी धेरै वर्षदेखि सँगै नै बस्दै आएका छौं । उहाँ (जीया केसी) ले मलाई साथ दिनु हुन्छ । उहाँले मेरो परिवारलाई सहयोग गर्नुहुन्छ र मेरो परिवारले पनि उहाँलाई सहयोग गर्दै आएको छ । अब भने त्यसलाई निर्णायक मोड दिने सोचमा छु । परिवार सकारात्मक हुनुहुन्छ र चाँडै हामी एउटा निर्णय लिएर अघि बढ्नेछौं ।

आफ्नो पहिलो विवाह २० वर्षको उमेरमा भएको र पहिलो श्रीमतीसँग छुटिएर बसेको २०-२५ वर्ष भइसकेको बताए । तर, पहिलो श्रीमतीसँग अहिले पनि भेटघाट र बोलचाल हुने गरे पनि दोस्रोसँग भेटघाट र बोलचाल नहुने गरेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय