कहाँ पुग्यो सन्दीप प्रकरण ?

काठमाडौं । बला*त्कार आ,रोपमा प-क्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप पाँच दिन हिरा,सतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धान गर्न आजबाट थप ५ दिनको म्याद थप गरेको हो । यसअघि २० गतेबाट गणना हुने गरि ७ दिनका लागि म्याद थप भएको थियो । अनुसन्धानको लागि लिइएको म्याद आज सकिएको थियो ।

सन्दीप विदेशमा रहेका बेला उनीमाथि बला*त्कारको आरो,प लागेको थियो। प-क्राउ पुर्जी जारी भएको झन्डै एक महिनापछि सन्दीप प्रहरीलाई जानकारी दिएर नेपाल फर्किएका थिए। उनले आत्मसमपर्ण गर्ने इच्छा व्यक्त गरेपनि प्रहरीले त्रिभुवन विमानस्थलबाटै प-क्राउ गरेको थियो। – नेपाल प्रेस

यो पनि पढ्नुहोस् – काठमाडौं । निर्वाचन आयोगले जरिवानामा परेका १०२ जना उम्मेदवारबाट ३ करोड ७२ लाख ५० हजार जरिवाना उठाएको छ । गत स्थानीय तह निर्वाचनमा पनि उम्मेदवार भएका उनीहरू समयमा खर्च विवरण नबुझाएका कारण जरिवानामा परेका थिए ।

आयोगका अनुसार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि पुनः उम्मेदवार भएका उनीहरुले आयोगको केन्द्रीय कार्यालयको संकेत नम्बरमा ३ करोड १७ लाख रुपैयाँ जरिवाना बुझाएका छन् । यस्तै जिल्ला निर्वाचन कार्यालयहरूको संकेत नम्बरमार्फत ५५ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका छन् । आयोगको केन्द्रीय कार्यालयमा ८२ जना र जिल्ला निर्वाचन कार्यालयमार्फत २० जनाले जरिवाना रकम बुझाएका हुन् ।

उम्मेदवारहरूले बुझाएको जरिवाना रकम राजस्व शीर्षकमा दाखिला हुने आयोगले जनाएको छ । आयोगले स्थानीय तहको निर्वाचन सकिएको एक महिनाभित्र खर्च विवरण बुझाउन उम्मेदवारहरूलाई समय दिएको थियो ।

तर आयोगले दिएको समयमा खर्च विवरण नबुझाउने १ लाख २३ हजार उम्मेदवारलाई स्पष्टीकरण सोधेर जरिवाना तोकिएको थियो । सो जरिवाना नबुझाउने उम्मेदवारलाई ६ वर्षसम्म हुने कुनैपनि निर्वाचनमा सहभागी हुन नसक्ने गरी कालोसूचीमा राख्ने आयोगले बताएको छ ।

आयोगले आगामी फागुनसम्म जरिवाना रकम तिर्ने समय दिएको छ भने सो अवधिमा पनि जरिवाना नतिर्ने जनप्रतिनिधिको पद खारेज गर्ने आयोगले चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय