सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको उमेर विवाद

क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जब.रजस्ती क,रणीको जाहेरी दिने किशोरीको उमेरका सन्दर्भमा विवाद देखिएको छ ।

क्रिकेट संघका अध्यक्ष र स्वयं सन्दीपकै वकिल सुधा रिजालले जाहेरी दिने किशोरीको उमेर १८ वर्षभन्दा बढी भएको दाबी गरेका छन् । सोमबार काठमाडौँ जिल्ला अदालत परिसरबाट बाहिरिने क्रममा सन्दीपकी वकिल सुधा रिजालले जब*रजस्ती कर,णीको जाहेरी दिने किशोरी नाबालिग नरहेको र दुईवटा जन्मदर्ता बनाएको प्रतिक्रिया दिएकी थिइन् ।

प्रहरीले पेस गरेको कागजातमा भने किशोरीको उमेर १८ वर्षभन्दा कम रहेको देखिएको छ । प्रहरीले अदालतमा पेस गरेको नागरिकताको प्रतिलिपिमा पीडित मानिएकी किशोरी अझै पनि नाबालिग नै रहेको देखिएको छ ।

म्याद थप गर्न लगिएको अवस्थामा आरो.पित क्रिकेटर सन्दीप लामिछानेले पनि पी,डित भनिएकी किशोरीको उमेर १९ वर्ष रहेको दाबी गरेका छन् । न्यायाधीशसमक्ष आरो,पितले पी,डित आफैँले आफ्नो वास्तविक उमेर १९ वर्ष रहेको भनी बताएकी तर अध्ययनका सम्बन्धमा उमेर घटाएको भनेको भन्दै पी.डित भनिएकी किशोरीको उमेर १८ वर्षभन्दा बढी रहेको दलिल पेस गरेका सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।

साथै सन्दीपका वकिल घिमिरेका अनुसार सन्दीपले किशोरीकै आग्रहमा आफूहरू घुम्न गएको र आफूले कुनै जब*रजस्ती नगरेको बताएका छन् । यद्यपि आरो,पितले आफूहरुबीच कर,णी लेनदेन भएको हो कि होइन भन्ने कुरा बताएका छैनन् ।- रातो पाटिबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय