पुर्वमन्त्री झाक्रीद्वारा मुसिकोट दरबारको अवलोकन

विष्णुप्रसाद आचार्य चकित मुसिकोट गुल्मी – पुर्वमन्त्री रामकुमारी झाक्रीले ऐतिहासिक मुसिकोट दरबारको अवलोकन गर्नुभएको छ ।

महानवमीको बिहान विधिपुर्वक भएको मुसिकोट दरबारको पुजाआजाको अवलोकन गर्न झाक्री मुसिकोट आउनुभएको उहाले बताउनुभयो ।

मुसिकोट आफैमा प्राकृतिक, धार्मिक तथा ऐतिहासिक महत्वले भरीपुर्ण ठाउ हो भन्ने सुनेको तर यसपालिको महानवमी मेला आफैले अवलोकन गर्न पाउदा निकै हर्षित र आफुलाइ भाग्यमानी सम्झेको उहाले प्रतिकृया दिनुभयो ।

बाइसे चौबिसे राज्यमध्येको चौबिसे राज्य अन्तरगत पर्ने उहिलेको मुसिकोट राज्यको महत्व साच्चिकै अब्बल रहेको बताउदै मुसिकोट नगरपालिकाको नामाकरण यहि दरबारको नामबाट हुनु पनि सुखद पक्ष रहेको उहाले बताउनुभयो ।

आफु गुल्मीमै जन्मेर पनि यो ठाउको अवलोकन गर्न नपाएको र यसपाली उक्त रहर पुरा भएको बताउदै यस ऐतिहासिक महत्वको दरबार र ठाउलाइ सम्रक्षण, सम्बर्धन एवम प्रचार्प्रसार गर्नु सबैको कर्तब्य भएको बताउनुभयो ।

बिहानै दरबार पुगेकि झाक्रीले दरबारको ऐतिहासिक महत्वको बारेमा सरोकारवालासङ्ग छलफल समेत गर्नुभएको समाजवादी पार्टीका जिल्ला अध्यक्ष श्रीराम महतले बताउनुभयो ।

साथै उहाले सर्वसाधारण सङ्ग पनि भेटघाट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय