गुल्मीमा दशैंको मुखमा चहलपहल, व्यापार सोचे जस्तो नभएको व्यवसायीको गुनासो

गुल्मी :हिन्दुहरुको महान् चाड बडादशैंको आगमनले गुल्मी लगायत ग्रामीण मुख्य बजारमा चहलपहल बढ्को छ । दशैं पर्वलाई मध्यनजर राखेर आवतजावत गर्नेको चाप र बजारमा किनमेल गर्न आउनेहरुको भिडभाडले चहलपहल बढेको हो । चहलपल बढे पनि विगतको वर्षमा जस्तो व्यापार नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

काम बिशेषले शहर र रोजगारिको लागि बिदेशीएकाहरु दशैंका लागि गाउँ फर्कने क्रमले सुनसान बनेका ग्रामीण बस्तीमाहरु पनि यतिबेला चहलपहल बढेको छ । “चाडपर्वमा नयाँ कपडा लगाउनु पर्छ मिठो खानु पर्छ भन्ने” मान्यताले बजारमा किनमेल गर्नेहरुको भिडले बजारमा चहलपहल बढेको छ । वडादशैंमा सकेसम्म परिवारका सबै सदस्यहरु एकैठाउँमा जम्मा भएर मनाउनु पर्छ भन्ने मान्यताले पनि ग्रामीण क्षेत्रमा चहलपहल बढेको हो ।

दशैं मनाउन तथा किनमेल गर्न आउनेहरुको भिडले गुल्मीको सदरमुकाम तम्घासमा पनि भिडभाड बढेको छ । तम्घास बजारका बिभिन्न पसलहरुमा किनमेल गर्नेहरुको भिड बढेको छ । चाडपर्व सँगै किनमेल गर्न आउनेहरुले गर्दा तम्घास बजारका बिभिन्न व्यासायीहरु खुसी छन् । तर विगतको वर्षमा जस्तो यस वर्ष चहलपल भए पनि व्यापार कम भएको व्यवसायीहरुले गुनासो गरेका छन् ।

दशैंले बिद्यालयहरु पनि बन्द भएकाले ग्रामीण सडकमा यात्रुको चाप बढेको छ । चाडपर्व मनाउन लामो समयसम्म देश तथा प्रदेशमा रहेका आफन्तहरु घर फर्किने गर्नाले सडकमा चाप वढन थालेको हो ।
दशैं पर्वलाई मध्य नजर राखेर जिल्लाका स्थानीय तहहरुले ग्रामीण भेगका कच्ची सड्कहरु मर्मत गरिरहेको छ । वर्षातको पानीले बिग्रिएका सडकहरु मर्मत गर्नाले यात्रुहरुलाई सहजरुपमा गनतब्यमा पुग्न सजिलो हुनेछ ।

पर्वलाई लक्षित गरेर जिल्लामा ५ ठाउँ यात्रु सहायता कक्ष पनि स्थानपना भएका छन् । यात्रुहरुको सहजताको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीले बसपार्क , जीपपार्क, रिडि, श्रृङ्गा र देउराली क्षेत्रमा यात्रु सहायता कक्षहरु रहेका छन् ।

यात्रुहरुलाई सुरक्षित तरिकाले गनतव्यमा पुग्न सहजता ल्याउन सहायता कक्षले सहयोग गर्ने उदेश्य राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय