जतिसक्दो चाँडो नेपाल फर्केर झूटा उजुरीको डटेर प्रतिवाद गर्नेछु : सन्दिप

काठमाडौं । प्रहरीको खोजीमा रहेका क्रिकेटर सन्दीप लामिछानेले आफू जतिसक्दो चाँडो नेपाल फर्किएर झूटा उजुरीको डटेर प्रतिवाद गर्ने बताएका छन् ।

अहिले आफू मानसिकरुपमा विक्षिप्त र अस्वस्थ समेत रहेकाले आइसोलेसनमा रहेको उनले जानकारी दिएका छन् । आफू रहेको स्थान नखुलाइकन सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै सन्दीपले यस्तो बताएका हुन् । उनले कसुर प्रमाणित नभइकन आफूलाई अप राधिका रुपमा चित्रण गरिएकोमा गुनासोसमेत गरेका छन् ।

सन्दीपले आफूविरुद्ध ग म्भीर ष ड्यन्त्र भएको बताएका छन् । आइतबार राति सामाजिक सञ्जालमार्फत उनले आफू अहिले मानसिक र शारीरिक तना वका कारण आइसोलेसनमा रहेको समेत बताएका छन् । साथै आफू चाँडै नेपाल आउन लागेको उनले बताएका छन् ।

“मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु,” उनले भनेका छन्, ”

झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरूको सरसल्लाहामा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्धको झु टा उजु रीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय