रेमिटेन्स आयो दक्षिणा पायो !

काठमाडौँ- एनआइसी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा बडा दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको पावन अवसरमा ‘एनआइसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ ।

जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहक महानुभावहरूलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले २०७९ आश्विन १ देखि कार्तिक ३० सम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

यस योजनामा विदेशमा रहनुभएका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप रू. ३०० प्रदान गर्ने व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान पर्वका अवसरमा विभिन्न डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको दशैं अफर उपलब्ध गराउने भएको छ । उक्त अफरहरु दशैंका अवसरमा असोज ९ गतेदेखि असोज २३ गतेसम्म उपलब्ध हुनेछन् ।

डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएसको डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ । यसैगरी पहिलो पटक सब्सक्राइब गर्ने सेवाग्राहीका लागि २८ दिनसम्म प्रयोग गर्न सकिने २०० मिनेटको निशुल्क भोल्टेसेवा पनि उपलब्ध गराइएको छ ।

उल्लिखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ । कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस् – काठमाडौं – नेपालको अग्रणी सस्ता नेपाल टेलिकमले आफ्नो सेवा देश भरिनै सञ्चालन गरिरहेको छ ।

अन्य कम्पनीहरूको चुनौती समेत खेपिरहेकी यो कम्पनीले बेला बेला ग्राहकहरुको लागि अफर समेत सार्वजनिक गर्ने गरेको छ । यसै बीच नेपाल टेलिकमले सजिलो अनलिमिटेड प्याक सार्वजनिक गरेको छ ।कम्पनीले एसएमएस र कल समेत रहेको डेटा प्याक ल्याएको हो ।

यो प्याकेज अन्तर्गत टेलिकमका मोबाइल प्रयोगकर्ताले ९९९ रुपैयाँमा ३० दिनसम्म दैनिक दुई जीबी डेटा र टेलिकम नेटवर्क भित्र (नेपाल टेलिकमका कुनै पनि जीएसएम, ल्यान्डलाइन र सीडीएमए नम्बर) अनलिमिटेड कल गर्न सकिनेछ ।

त्यस्तै कम्पनीको नेटवर्कभित्र ४०० एसएमएस समेत पठाउन सकिनेछ ।अन्य नेटवर्कमा १०० मिनेट कल र २०० एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ । *1415*2*2*4# डायल गरेर तथा नेपाल टेलिकमको एप प्रयोग गरेर यो प्याकेज खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय