इश्मामा घुम्ती ब्यापारीलाई गाउँपालिका प्रवेशमा रोक,शिक्षकको अभाब टार्न स्वंयसेवक शिक्षक

गुल्मीःइश्मा गाउँपालिका भित्र गाउँपालिकाको स्विकृत नलिई घुम्ती ब्यापारीहरुलाई प्रवेशमा रोक लगाइएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै गाउँपालिका भित्र विभिन्न बहाना बनाई अनाधिकृत रुपमा रिटेलिङ गाडी मार्फत किराना माल सामान बिक्री वितरण गर्ने गरेको भन्दै गाउँपालिका भित्र प्रवेशमा रोक लगाएको हो ।

त्यस्ता ब्यापारीहरुले गाउँपालिकाको अनुमति लिएर मात्र प्रवेश गर्नुपर्ने भन्दै अनुमति नलिई प्रवेश गरेमा कारवाही गरेरै छाड्ने गाउँपालिकाले चेतावनी दिएको छ । इश्मा गाउँपालिकाका उपाध्यक्ष एवम प्रबक्ता पार्वती कुँवरले गाउँपालिका भित्रका ब्यवसायीहरुबाट आएको गुनासोको आधारमा घुम्ती ब्यापारीहरुलाई प्रवेशमा रोक लगाइएको बताइन् ।

पालिका भित्रका ब्यापारीहरुले गाउँपालिकामा दर्ता भएर ब्यापार गर्ने ,नवीकरण शुल्क पनि बुझाउने तर दर्ता नभई रेटेलिङ मार्फत ब्यापार गर्दा पालिका भित्रका ब्यवसायीलाई मर्का पर्ने भएकाले घुम्ती ब्यापरीहरुलाई रोक लगाइएको कुँवरको दाबी छ ।

गाउँपालिकाले जारी गरेको सूचनालाई अवज्ञा गरे कानून अनुसारको कारवाही गरेरै छाड्ने कुँवरले दाबी गरिन् । यता गाउँपालिकाले शिक्षकको अभावमा पठन पाठनमा समस्या नहोस भनेर स्वयम सेवक शिक्षक राख्ने ब्यबस्था मिलाएको छ ।

कुनै शिक्षक १५ दिन भन्दा बढी बिदामा बस्दा बिद्यार्थीहरुको पठन पाठनमा समस्या नहोस भनेर २३ जना स्वयम सेवक शिक्षकको ब्यबस्था गर्न लागेको प्रवक्ता कुँवरले बताइन् ।

शिक्षकहरु सुत्केरी बिदा वा सुत्केरी स्याहार बिदामा बस्दा , तयारी बिदा र बेतलबी बिदामा बस्दा शिक्षकको अभाब टार्न र पठन पाठनलाई निरन्तरता दिनको लागि यस्तो ब्यबस्था गर्न लागेको कुँवरको दाबी छ । – खबर मार्केटबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय