सुआहाराद्वारा कार्यशाला गोष्ठी सम्पन्न।।

गुल्मी । स्थानिय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम सुआहारा दोस्रो कार्यक्रमको सिकाई आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी मालिका गाउँ पालिकाको सभाहल अर्खावाङ्ग गुल्मिमा सम्पन्न भएको छ।

कार्यशाला गोष्ठीमा सुआहारा कार्यक्रमका वरिष्ठ कार्यक्रम संयोजक ज्ञान् दिप आचार्य ,गाउँपालिकाका अध्यक्ष , वडाध्यक्ष,कार्यपालिका सदस्य,बिषयगत शाखाका शाखा प्रमुख ,महिला स्वास्थ्य स्वयं सेविका,ग्रामिण नमुना कृषक,सुनौलो हजारदिनका महिला लगाएतको उपस्थिती रहेको थियो।बहु क्षेत्रीय पोषण योजना दोस्रो अनुसार USAID को सहयोग तथा एकीकृत ग्रामिण बिकास समाज गुल्मिको सहकार्यमा बिगत आठ बर्षदेखी सुआहारा कार्यक्रम गुल्मी जिल्लामा संचालन भएको थियो।

कार्यक्रममा बोल्दै मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख वसन्तराज भुसालले सुआहारा कार्यक्रमले स्वास्थ्य र पोषणको सुधारमा पालिका सङ्ग गरेको सहकार्य प्रशंसनीय रहेको बताउनुभएको थियो।

अर्का बक्ता सुआहारा कार्यक्रमका पोषण तथा स्वास्थ्य अधिकृत लिल बहादुर नेपालिले हालसम्म सुआहाराले मालिका गाउँपालिकाको समन्वयमा गरेका उपलब्धी,चुनौती र आगामी योजनाबारे प्रष्ट पार्नुभएको थियो।सुआहाराका ग्रामिण नमुना कृषक थम ब.थापाले सुआहारा मार्फत कृषि गर्दा आफ्नो जीवनमा धेरै महत्वपूर्ण परिवर्तन भएको बताउनुभयो।

त्यस्तै महिला स्वास्थ्य स्वयं सेविका जानकी बिष्टले सुआहाराले स्वास्थ्य स्वयं सेविकाको क्षमता बिकासमा सहयोग पुर्याउनुका साथै सुनौलो हजारदिन कार्यक्रमले सुपोषित समाजनिर्माणमा सहयोग पुगेको बताउनुभयो।हजार दिनकि आमा सुनौला रेग्मिले स्वास्थ्य पोषणमा हजार दिनको महत्व प्रष्ट बुझेको र आफुजस्तै महिलाको पोषण सुधारमा महत्वपूर्ण भुमिका निभाउदै आएको बताउनुभयो ।

मालिका गाउँपालिकाका प्रबक्ता ज्ञान कु. बुढाले सुआहाराको कार्यक्रम अनुसरण गर्ने र निरन्तरता दिने बताउनुभएको थियो।कार्यशाला गोष्ठीमा मालिका गाउँपालिका र सुआहारा दोस्रो कार्यक्रमको सहजीकरण २०७६ फागुन १५ र १६ गते भएको स्वास्थ्य तथा पोषण कार्यक्रमको दिगोपना,गोष्ठीले तयार गरेका प्रतिबद्धता तथा कार्ययोजनालाई पुनरावलोकन गरि निरन्तरता दिने निर्णय गरेको छ।

साथै गाउँपालिकामा रहेका कुपोषित बच्चाहरु खोजी गरि उपचारको लागि muac screening कार्यक्रम लाई प्रभावकारी बनाउने,घरायसी करेसाबारी निर्माणमा सहयोग तथा हजारदिनका आमाहरुलाई अण्डा तथा मासुको उपभोग वृद्धि गर्न स्थानिय तथा लेयर्स कुखुरा प्रबर्द्धन कार्यक्रम सन्चालन गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरिएको छ।

कार्यशाला गोष्ठी मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालको अध्यक्षता मालिका गाउँपालिका प्रमुख प्रशाशकिय अधिकृत अशर जि सि को प्रमुख आतिथ्यता,तथा मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्तराज भुसालको सन्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय