मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ : समीक्षा

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफूमा मानसिक रूपमा नकारात्मक प्रभाव परेको बताएकी छन् ।

मंगलबार राति सामाजिक सञ्जालमार्फत उनले आफूविरुद्ध सामाजिक सञ्जालमा आएका तस्बिर र गालीगलौजले मानसपटलमा नकारात्मक प्रभाव परेको बताएकी छन् । “यहाँहरू सबैलाई अवगत भएकै कुरा हो। म लामो समयदेखि एउटा दु:खद घटना भोगिरहेकी छु । उक्त घटना मेरो र नेपालको कलाकारिता क्षेत्रका निम्ति नै दु:खद घटना हो । सामाजिक सञ्जालमा मेराविरुद्ध बनेका लज्जास्पद तस्बिर र गाली गलौजले गर्दा मेरो मानसपटलमा नकारात्मक प्रभाव परेको छ ।

कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला,” उनले भनेकी छन् । साथै उनले आफूले अहिलेसम्म क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम नलिएको बताएकी छन् । “बाँकी रह्यो पैसाको कुरा मैले क्षतिपूर्तिबापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन ।

क्षतिपूर्तिबापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन । म आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाउँमा अडिग छु । यहाँहरूको साथ सहयोग र सकारात्मक विचारले मेरो सांगीतिक क्षेत्रमासमेत सहयोग पुग्ने आशा लिएकी छु,” उनले लेखेकी छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय