सन्दिप प्रकरणमा उजुरी दिने किशोरी भन्दै फोटो भाईरल,के हो बास्तविकता !

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेवि’रुद्ध जब’र्ज’स्ती क’र’णीको मु’द्दा परेको छ । उहाँमाथि एक किशोरीले जब’र्ज’स्ती क’र’णी गरेको आरोपमा प्रह’रीमा जा’हेरी दिएकी हुन् ।

पीडित किशोरीका तर्फबाट क्रिकेटर लामिछानेवि’रु’द्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जा’हे’री परेको जानकारी दिइएको छ ।लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज जानुभएको हो ।

केन्यावि’रु’द्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी गर्नुभयो । नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको छ ।

एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो ।

त्यसैको अघिल्लो दिन भदौ ५ गरेको रात लामिछानेले आफूमाथि ज’ब’र्ज’स्ती करणी गरेको जाहेरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जानकारी गरायो ।

प्रहरीले उ’जु’री’माथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको छ । प्रहरीका अनुसार ती कि’शोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको बताएकी छिन् ।

त्यहाँबाट आफूलाई भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको कुरा उ’जु’रीमा उल्लेख छ । किशोरीका अनुसार लामिछानेले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौं गौशला नजिक एक होटलमा लगेर उनलाई ज’ब’र्ज’स्ती करणी गरेका हुन् ।

उक्त किशोरीको बारेमा कहिँ कतै केहि खुलाइएको छैन तर फेसबुकमा भने विभिन्न महिलाहरुको तस्विर सन्दिप लामिछानेसंग जोडेर पिडित महिला भन्दै भाइरल पनि भैरहेका छन्।

सन्दिपको फोटोमा जोडीएर भाइरल भैरहेका पिडित भनिएका महिलाहरु वास्तविक पिडित नभएको समाचार प्राप्त भएको छ। पिडित भनिएकी नाबालिककको बारेमा गोपनियताको आधारमा केहि पनि खुलाइएको छैन।

सामाजिक सञ्जालमा सन्दीप लामीछानेलाई केश फाईल गर्ने किशोरी यही हाे भनेर भनेर फेक न्युज फैलाइएको छ। उनको नाम Vanessa Rhd हो र उनि स्पेन बार्सिलोनाकी १९ वर्षीया पपुलर फेसन मोडल हुन। पहिला पनि एक विदेशी महिलाको फोटो हालेर उनलाई नै मिनोर भनेर हल्ला फैलाइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय