स्कुल मोविलाइजर शाक्यलाई बिद्यालयद्वारा स्वागत

गुल्मी । युनाइटेड वर्ल्ड स्कुल्स नेपालका स्कुल मोविलाइजर विवेक रत्न शाक्यलाई पशुपति निम्न माध्यमिक बिद्यालय मुसिकोट नगरपालिका ४ बडागाँंउ दजाकोट( uws Badagaun) गुल्मिले स्वागत गरेको छ।

बिधालयमा पहिलोपटक अनुगमनको लागि आउनुभएका शाक्यलाई बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटी सिकाई केन्द्रका कम्प्युटर प्रशिक्षक दधिराम बन तथा बिधालयका शिक्षक स्टाफले टीका र माला लगाएर स्वागत गर्नुभएको थियो।संखुवासभा ,गुल्मी र ताप्लेजुङ्ग जिल्लामा uws नेपालले निर्माण गरेका बिधालयको अनुगमन गर्ने क्रममा शाक्य दजाकोटमा आउनुभएको थियो।बिधालयको नियमित अनुगमन ,संस्थाको बिद्यार्थी सिकाई उपलब्धी मापन ( एग्रा/एग्मा ) सन्चालनको लागि आफू अनुगमनमा खटिएको मोविलाइजर शाक्यले बताउनुभयो।

अनुगमनका क्रममा शाक्यले बिद्यार्थीको अन्तर सदनात्मक बक्तृत्वकला प्रतियोगिता,सरसफाईमा सक्रियता,एग्रा एग्मा मूल्याकंन अवलोकन,कक्षा अवलोकन लगाएत कार्यहरुको निरिक्षण गर्नुभएको थियो।

आफुलाई uws बडागाँउका कार्यहरु अत्यन्त प्रभावकारी महसुस भएको भन्दै बिधालयको प्रशंसा गर्नुभएको थियो। बिधालय अनुगमनको कार्यक्रम सक्याएर शाक्य शनिबार नै गुल्मिको सदरमुकाम तम्घास स्थित संस्थाको कार्यालय फर्किनु भएको छ।

यो पनि पढ्नुहोस् – गुल्मी । पशुपति निम्न माध्यमिक बिधालय मुसिकोट नगरपालिका ४ दजाकोट गुल्मिको नियमित पठनपाठन बन्द गरिएको छ।

बिगत केही दिनदेखी बिधालयमा अध्ययनरत बिद्यार्थीहरुमा उच्च ज्वरो आउने ,वाकवाकी लाग्ने प्रकृतिको लक्षण देखिएको थियो।कुल १३० छात्र छात्राले नियमित अध्ययन गर्दै आएको उक्त बिधालयमा बिहिवार २८ जनामा लक्षण देखिएपछी अनुपस्थित थिए तर शुक्रवार यो संख्या बढेर ४२ पुगेको बिधालयका प्रधानाध्यापक दुर्गा बहादुर राकसकोटिले जानकारी दिनुभएको छ।

बिद्यार्थी संक्रमित हुने क्रम बढेपछी बिधालय ब्यबस्थापन समिती ,शिक्षक अभिभावक संघ र मुसिकोट नगरपालिका शिक्षा शाखामा जानकारी गराइएको थियो।सबैको सहमतिमा १/२ दिनको अवस्था मुल्यांकन गरेर अगाडि बढ्ने विकल्प रोजिएको थियो।

तर शुक्रवार साँंझ बिधालयमा कक्षा १ मा अध्ययनरत एक छात्र र कक्षा दुईमा अध्ययनरत एक छात्राको तम्घास स्थित शुभ लक्ष्मी फर्मामा गरिएको रगत परिक्षणमा डेङ्गु संक्रमण पोजिटिभ देखिएपछी मुसिकोट नगरपालिका शिक्षा शाखाको निर्देशन अनुसार बिधालयले सुचना प्रकाशित गरेर बढ्दो भाईरल र डेङ्गु रोग संक्रमण नियन्त्रणमा सहयोग पुगोस भन्ने हेतुले २६ गते आईतबार र २७ गते सोमबारको लागि बिधालयको नियमित पठनपाठन स्थगित गर्ने निर्णय गरिएको जानकारी गराएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय