सार्वजनिक स्थल अतिक्रमण गरेर राखेका सामाग्री हटाउन मुसिकोट १ कार्यालयको १ हप्ते अल्टिमेटम

गुल्मी । सार्वजनिक स्थल अतिक्रमण गरेर निर्माणका सामाग्रीहरु नराख्न मुसिकोट नगरपालिका वडा नं १ वडा कार्यालयले अनुरोध गरेको छ ।

वडा समितिको भाद्र २३ गते सम्पन्न बैठकको निणर्य बमोजिम सार्वजनिक स्थल र सडक अतिक्रमण गरेर सामाग्री नराख्न र त्यस्ता सामाग्रीहरु राखेको भए एकहप्ता भित्र हटाउन अनुरोध गर्दै नगरपालिकाले शुक्रवार एक सार्वजनिक सुचना जारी गरेको छ ।

वडा अन्तरगत रहेका गोरेटोबाटो, मोटरबाटो तथा अन्य सार्वजनिक स्थलमा ढुगां,गिट्टी,बालवा,काठपात,कवाडी सामाग्री लगायत अनाधिकृत तवरले सवारी साधन समेत पार्किङ गर्ने र जसले दुर्घटना निम्त्याउन सक्ने भएकाले यस्तो निणर्य गरिएको मुसिकोट नगरपालिका वडा नं १ का वडाध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो ।

वडाध्यक्ष घिमिरेका अनुसार यदी त्यस्ता सामाग्री राखेको भए ७ दिनभित्र हटाउन आग्रह गरिएको र सुचनालाई वेवास्ता गरी सामाग्रीहरु नहटाएमा कानुनी कारबाही थाल्ने तैयारी वडाले गरेको छ ।

वडा कार्यालयले घर,गोठ,मठ मन्दिर,भवन लगायतका अन्य संरचना निर्माणका लागि सडकको पहुँच नपुगेका कारण सार्वजनिक स्थानमा निर्माणका सामाग्री राख्नै पर्ने भए वडा कार्यालयको स्वीकृति लिएर राख्न पनि अनुरोध गरिएको छ । वडाको स्वीकृति लिएर केही समयको लागि भने भण्डारण गर्न पाउने व्यवस्था गरिएको वडाध्यक्ष घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय