यु.डब्लु.एस.नेपालद्वारा सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम सम्पन्न ।।

गुल्मी । युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाको आयोजना तथा मालिका गाउँपालिका वार्ड नं ४ को समन्वयमा सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सम्पन्न भएको छ।

११ बर्ष माथिका छात्रा किशोरीहरु ,बिधालयका शिक्षिका,बिधालयस्तरीय आमा समुहका पदाधिकारीलाई लक्षित गरि संचालन गरिएको उक्त तालिम ठुलिचौर आधारभुत बिधालय मालिका गाउँपालिका ४ ठुलिचौर(uws Jhedi) मा सम्पन्न भएको हो।तालिममा बिधालयका ११ बर्ष माथिका २३ जना किशोरी,बिधालयमा अध्यापनरत छ जना शिक्षिका,र बिधालयस्तरिय आमा समुहका आठ जना गरि जम्मा ३७ जनाले सहभागिता जनाएका थिए।तालिममा सहभागिहरुलाई युनाइटेड वर्ल्ड स्कुल्स नेपाल गुल्मी शाखाकी स्कुल मोविलाईजर मिना बोहोराले सेनेटरी प्याड निर्माण सम्बन्धी प्रयोगात्मक तालिम प्रदान गर्नुभएको यु.डब्लु.एस.नेपाल गुल्मी शाखाले जनाएको छ।

किशोरीहरुमा एघार बर्ष पश्चात् शारीरिक बिकास तिब्र रुपमा हुने र महिनावारीको प्रक्रिया सुरु हुने अवस्था भएकोले त्यो उमेरका छात्राहरुलाई तालिममा सहभागी गराईएको प्रशिक्षक बोहोराले बताउनुभयो।तालिम लिएपछी किशोरीको लागि मनोबैज्ञानिक रुपमा महिनावारीबारे सकारात्मक धारणा बिकासमा सघाउ सघाउ पुग्ने अपेक्षा संस्थाले लिएको छ।

किशोरीलाई बिधालय र समुदायमा सहजता होस भनेर बिधालयका शिक्षिका र समुदायका अभिभावकलाई सङ्गै राखेर तालिम दिईएकोले तालिमको प्रभावकारिता व्यापक भएको संस्थाले जनाएको छ।यु.डब्लु.एस नेपाल गुल्मी शाखाले केही समय अगाडीदेखि नै सेनेटरी प्याड निर्माणको कार्यक्रमलाई आफू मातहतका बिधालयमा निरन्तररुपमा संचालन गर्दै आईरहेको छ।

आजको तालिमको संचालनको लागि हल उपलब्ध गराएर कार्यक्रममा समन्वय गरेको मालिका गा.पा. वार्ड नं ४को कार्यालयलाई प्रशिक्षक मिना बोहोराले धन्यवाद ज्ञापन गर्नुभएको थियो।संस्थाका आगामी कार्यक्रममा गाउँपालिकाबाट भौतिक उपस्थिती सहित सहभागिताको अपेक्षा गरिएको प्रशिक्षक बोहोराले स्पष्ट पार्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय