मुसिकोट नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृतको २६ दिनमै सरुवा ।

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत उपसचिव राकेश पाण्डेको २६ दिनमै सरुवा भएको हो ।

यसअगाडी रहनुभएका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालको सरुवा भएपछि श्रावण २४ गते उहाँ मुसिकोट नगरपालिका आउनुभएको थियो । नगरपालिका आएको केही समयमै कर्मचारी व्यवस्थापन तथा जनप्रतिनिधिले अवैधानिक रुपमा खाईरहेको सेवा सुविधा समेत कटौती गर्न सफल पाण्डेको एक महिना नहुँदै सरुवा भएको हो । उहाँले छोटो समयमै उत्कृष्ट छवि बनाउनुभएको थियो ।

१ महिना नबित्दै सरुवा भएको बिषयमा आफुलाइ जानकारी नभएको उपसचिव पाण्डेको भनाई छ । “के कति कारणले सरुवा भयो भन्ने बिषयमा म अहिलेसम्म अनविज्ञ नै छु पाण्डेले भने – औपचारिक रुपमा पत्र आएपछि थाहा होला”

सोमबार सघिंय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५८ उपसचिवको सरुवा गरेको छ । उक्त सरुवामा पाण्डे पनि पर्नुभएको हो । उनको शिवराज नगरपालिका कपिलवस्तु सरुवा भएका छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय