गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका एक युवाले नगरप्रमुख जीवन खरेललाई क्षमा याचना माग्न अनुरोध गरेका छन् ।
वडा नं ७ निवासी एवम् गत स्थानीय तह निर्वाचनमा स्वतन्त्र तर्फबाट मेयर पदका उम्मेदवार समेत रहेका विपिन विश्वास रायमाझीले स्वास्थ्य सम्बन्धी विषयलाई लिएर नगरप्रमुखलाई क्षमायाचना माग्न अनुरोध गरेका हुन् ।

केही समय अगाडी रायमाझीले मुसिकोट नगरपालिकाको केन्द्र वामीटक्सार बजारमा रहेको वामी स्वास्थ्य चौकीमा बाफ लगाउने नेबुलाईजर मेसिन समेत नहुँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको भन्दै आवाज उठाएका थिए ।
त्यसको अर्को दिननै नगरपालिकाले स्वास्थ्य संस्थामा उक्त सामाग्रीहरु रहेको र कपोल्कल्पीत भ्रम सिर्जना गरि जनतलाई भ्रममा नपार्न अनुरोध गर्दै रायमाझी विरुद्ध विज्ञप्ती निकालेको थियो ।
यस्तो छ उनले उठाएको विषय
https://www.facebook.com/bipin.rayamajhi.90/posts/3314719482151031