खानेपानी आयोजनाहरुको शुद्धता तत्कालै मापन गर्न माग गर्दै होटल ब्यबसायी मञ्चले बुझायो ज्ञापन पत्र

मुसिकोट गुल्मी । होटल ब्यबसायी मञ्च मुसिकोट शाखाले बिहिबार नगरपालिकामा एक औपचारिक कार्यक्रम आयोजना गरि नगर प्रमुख समक्ष ज्ञापन पत्र बुझाएको छ ।

बुधबार दरबार होटलमा बसेको बैठकको निर्णय अनुसार होटल ब्यबसायी मञ्चले आज मञ्चका अध्यक्ष फुलप्रसाद सापकोटाको सभापतित्वमा एक औपचारिक कार्यक्रम गरि नगर भित्र रहेका होटल ब्यबसायिहरुका समस्या समधानको माग गर्दै नगर प्रंमुख समक्ष ज्ञापन पत्र बुझाएको मञ्चका सचिब बिबेक काफ्लेले बताए ।

मञ्चका अध्यक्ष सापकोटले नगर भित्र रहेका होटल ब्यबसायीहरुका समस्याहरु अशुद्ध खानेपानी, फोहोर महिला ब्यबस्थापन, बिना दर्ता होटल सञ्चालन, बजार अनुगमान लगायतका समस्या राखे सङ्गै सुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख जिबन खरेलले खानेपानी र फोहोरमैला ब्यबस्थान होटल ब्यबसायको मात्र समस्या नभएको यो सवै नगरपालिका बासिको जन सरोकारको बिषय भएकाले नगरपालिकाले यसमा पहिले देखिनै खटि रहेको कुरा ब्यक्त गर्नुभयो ।

यसै गरि प्रशासकिय अधीकृत राकेश पाण्डे फहोर ब्यबस्थापनका लागि स्वयम ब्यक्ति आफु नै जिम्मेवर रहने कुरा ऊल्लेख गर्दै नगरपालिकाले यसमा कदम चालिरहेको कुरा बताउनु भयो । त्यतै खानेपानी, खाधबस्तुको गुणस्तरता मापनका लागि पनी नगरपालिका छिट्टै प्रभाबकारि भुमिका खेल्ने र यसमा सम्पुर्ण नगरबासिहरुको सहयोग मिलेमा यो पुरा हुन समय नलागने कुरा बताउनु भयो ।

वडा नम्बर ७ का वडा अध्यक्ष हरिहर सापकोटा, होटल ब्यबसायी मञ्च मुसिकोट शाखाका बिभिन्न पदाधिकारी, नब खबर डटकमका ब्यबस्थापक भुवन काफ्ले लागयतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण मञ्चका सचिब बिबेक काफ्लेले गरेका थिए ।

ज्ञापन पत्र

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय