मुसिकोटमा एक शिक्षकद्वारा जन्मदिनको अबसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

मुसिकोट । गुल्मीको मुसिकोट नगरपालिकामा एक शिक्षकद्वाराआफ्नो जन्मदिनको अबसरमा गरिब तथा जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरी जन्मदिन मनाइएको छ।

नगरपालिकाको वडा नम्बर ५ तल्लाफाँटमा रहेको श्री शिवसंकर माध्यमिक बिद्यालयका शिक्षक कृष्ण घिमिरेले यहि शनिबार श्रीकृष्ण जन्माष्टमीको दिन परेको जन्मदिनको अवसर पारि आफ्नो विधालयमा रहेका बिपन्न तथा गरिव जेहेन्दार बिद्यार्थीहरुलाई आइतबार एक कार्यक्रम आयोजना गरि विभिन्न शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।

मुसिकोट नगरपालिका वडा नम्बर ६ कुर्घा भुवाचिदी घर भइ वडा नम्बर ५ तल्लाफाँटमा रहेको श्री शिव शकर माध्यमिक बिद्यालयमा अध्यापन गराई रहनुभएका शिक्षक घिमिरेले पछिल्लो समय ग्रामिण क्षेत्रमा भित्रि रहेको अनावस्यक खर्च गरि जन्मदिन मनाउने प्रचलन भए पनि उहाँले भने गरिव तथा बिपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरि जन्मदिन मनाइ समाज परिबर्तनको एक उदाहरणिय काम गरेको स्थानियहरुको भनाइ रहेको छ ।

जन्मदिनको अबसर पारि बिद्यार्थीहरुलाई शैक्षिक सामाग्रि बितरण गर्दै शिक्षक घिमिरेले अब सबैले जन्मदिनको अबसरमा अनावस्यक कुरामा खर्च नगरि सामाजिक कार्यमा लगानि गरि जन्मदिन मनाउन सुझाव समेत दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय